भक्तपुरका प्रत्येक वडामा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग गरिएको छ। जनसरोकार समन्वय समिति भक्तपुरले बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुझाइएको ज्ञापनपत्रका यस्तो माग गरिएको हो।
ज्ञापनपत्रमा भक्तपुरमा व्यवस्थित आइसोलेसन व्यवस्था गर्न, सम्भावित संक्रमण रोक्न भीडभाड नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्न, संक्रमणको जोखिम बढी रहेको सन्दर्भमा फुटपाथ, ठेला व्यापार र व्यवसाय पूर्ण रुपमा बन्द गर्न र भक्तपुर अस्पताल अगाडिको पार्किङ व्यवस्थित गर्न, सरकारी निकायहरू कोभिड १९ नियन्त्रणको लागि सर्वपक्षीय संयन्त्र निर्माण गर्नुपर्ने मागहरू उल्लेख रहेको छ। समितिका अध्यक्ष संयोजक श्यामकृष्ण प्रजापतिले कोरोनाको जोखिम बढी रहेको अवस्थामा संक्रमणको रोकथाम र नियन्त्रणमा राज्यको सक्रिय भूमिका हुनुपर्ने र जनताले निःशुल्क रुपमा स्वास्थ्य उपचार पाउने सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रजापतिले भक्तपुरमा कोरोना रोकथाम र नियन्त्रणको लागि नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रका सेवा सुविधाहरू र नगरपालिकाले गरेका गतिविधिहरुबारे अवगत गराए। उनले काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखेर गृहमन्त्रालय र संघीय मामिला मन्त्रालयमा भएको बैठकहरूमा उपत्यका छिर्ने नाकाहरू कडाइ गर्नुपर्ने माग गरेको तर उचित सम्बोधन नहुँदा काठमाडौं उपत्यका कोरोनाको केन्द्रको रुपमा अगाडि बढी रहेको बताए।
कोरोनाविरुद्ध लड्न सबैजना एकीकृत भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै नगर प्रमुख प्रजापतिले जनतालाई कोरोनाबारे सचेत बनाउने कार्यलाई निरन्तर अगाडि बढाइरहेको बताए।