बैतडीको मेलौली–पञ्चेश्वर सडक स्तरोन्नति कार्य सुरु भएको छ। पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौली खण्ड स्तरोन्नति कार्य सुरु गरिएको हो। संघीय र प्रदेश सरकारको संयुक्त बजेटले कालेपत्रे गरिने पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए।
मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य सुरु गरिएको हो। तीन वर्षभित्र कालोपत्रे गरिसक्ने लक्ष्यसहित सडक स्तरोन्नतिको काम सुरु भएको बताइएको छ।
कालोपत्रे सडक निर्माणपछि यहाँका स्थानीयलाई सहज हुने बताइएको छ। यस अघि कच्ची सडक बर्खामा अवरुद्ध हुँदा कठिनाइ हुने गरेको मेलौलीका स्थानीय सुरत पार्कीले बताए। पाटन–पञ्चेश्वर सडकको पाटनदेखि मेलौलीसम्म कालोपत्रे गर्ने कार्य तीन वर्ष अघिदेखि जारी रहेको छ।
जिल्ला सदरमुकाम जोड्ने दशरथचन्द राजमार्गबाहेक अहिले पाटन–पञ्चेश्वर, देहीमाण्डौ–गिरेगाडा, सतबाँज–ढोल्यामोड, ढोल्यामोड–हाट सडकखण्डको केही भाग कालोपत्रे गर्न थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।