कोरोना संक्रमणले धरानमा हिजो साँझ थप एक जनाको निधन भएको छ।
धरान ९ की ६७ वर्षीया महिलाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार साँझ ६ बजे कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको थियो।
मृतकलाई कार्तिक १८ गते कोरोना संक्रमणको आशंकामा कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई भोलीपल्ट १९ गते संक्रमण पुष्टि भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए। मृतकलाई मधुमेह, मानसिक रोगलागयतको समस्या रहेको प्रतिष्ठानले जनाएको छ। उनको शवलाई नियम अनुसार व्यवस्थापन गरिने प्रतिष्ठानको भनाई छ।