जुम्ला चन्दननाथ नगरपालिका ९ का धन गिरी एक महिनादेखि बेपत्ता छन्। गत असोज १५ गते गुठिचौर गाउँपालिकाको मणिसाँघुमा ट्याक्टर लिएर सामान पुर्याउन गएका ट्याक्टर चालक गिरी अहिले सम्म पनि घर फर्केका छैनन्। उनी कहाँ छन्, कस्तो अवस्थामा छन्। त्यो पनि कसैलाई जानकारी छैन।
ट्याक्टर चालक गिरी एक महिना वित्दा समेत घर नफर्के पनि परिवारले जिल्ला प्रहरी कार्यालयलाई खोजि गरिदिन आग्रह गरेका छन्। बेपत्ता धनका बुबाले छोराको खोजीखबरी गर्दा पनि भेटाउन नसकेको बताए। छोरा जान सक्ने संभावित सबै गाउँबस्ती पुग्दा पनि पत्तो लागेन, उनले भने,‘अब घर फर्किने आशा मरिसक्यो। जीवत छ या मृत्यु भइसकेको छ। अनुसन्धानका लागि प्रहरीलाई आग्रह गरिरहेका छौँ।’ ट्याक्टर चालक गिरी गुठीचौरबाट देपालगाउँ हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा अपहरणमा परेको आफन्तको आरोप छ। तर कसले किन अपहरण गर्यो भन्ने विषयमा परिवार नै अनविज्ञ छन्।
बेपत्ता धन गिरीका आफन्तले तत्काल छोराको खोजीखबरी गरेर सत्यतथ्य छानविन गर्न जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिइसकेका छन्। जाहेरीको यथासिघ्र कार्यन्वयन होस, घटनाको कसुरसंग जोडिएका ब्यक्तिको कल डिटेल अनुसार वास्तबिकता बुझोस। दाजु भैर गिरीले भने,‘बेपत्ता चालकको बालबच्चा पत्नीको उचित व्यवस्थापन होस। स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहान्छौँ। ’
सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर आफन्तजनले ट्याक्टरको सहचालक सम्पर्कमा रहेको बताउँदै चालक बेपत्ता हुनु निकै रहस्यमयी भएको प्रतिक्रिया दिएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लासहित सरोकारवाला सबैलाई ध्यानाकर्षण गरिएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बेपत्ता गिरीलाई असोज १५ गते गुठचौर ५ लामाखारामा गुडिरहेको ट्याक्टरबाट अपहरण गरि वेपत्ता भएको जाहेरी परेको छ।
प्रहरी प्रमुख डिएसपी माधव काफ्लेले घटनामा संलग्नताको आशंका र आफन्तको किटानी जाहेरीको आधारमा ५ जनालाई पक्राउ गरेको बताए। ५ जनामा दुई जना नाबालक छन्। अहिले अपहरण र बेपत्ताको मुद्धा अगाडि बढिरहेको छ। बेपत्ता व्यक्तिको खोजी कार्यमा प्रहरी रातदिन खटिरहेको छ, डिएसपी काफ्लेले भने,‘ अनुसन्धानमा सघाउनको लागि सबै पक्षसंग आग्रह गर्दछौँ।’
एक महिनाअघि गुठिचौर गाउँपालिका ४ खल्लाबाडाका कमल जैसीको शव तिला नदिको वोहोरा गाउँ जाने पुलमा पानीमा डुवेको अवस्थामा भेटिएको थियो।