गोरखाका अधिकासं स्थानीय तहका जनप्रतिनिधि आफूले पाउने तलब भत्ता लिईसके। कतिपयले त तलब भत्ता लिएको महिना दिन पनि बढी भयो। तर दशैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सर्वसाधारणले घटस्थापना लागिसक्दा अझै पाएका छैनन्।
पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।
गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, धार्चे गाउँपालिकाले वितरण गरिरहेको बताएका छन् भने चुमनुब्री र अजिरकोट गाउँपालिकाले वितरण सकिसके।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बैंकबाट वितरणको तयारी भएको तर कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएका कारण जनताको हातमा पुग्न ढिला भएको बताए। गण्डकी गाउँपालिकाको गाउँ सभा असोज दोस्रो साता ढिला गरी भएकाले यस वर्ष सामाजिक सुरक्षा भत्ता दशैँ अगाबै वितरण गर्न सक्ने अवस्था छैन। कोभिडका कारण वडा नम्बर ७ र ८ मा भत्ता वितरण गर्ने बैंक बन्द हुँदा पनि केही समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए। ‘अब दशैँपछि वितरण हुन्छ’ उनले भने।
भिमसेन थापा गाउँपालिकामा दशैँ अगाबै बितरण गर्ने गरी तयारी भईरहेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापाले बताए । ‘बजेट निकासाको तयारीमा छौँ, फुलपाती सम्म बितरण सक्ने लक्ष्य छ’ उनले भने । सिरानचोक गाउँपालिकामा पालिकाबाट निकासा भईसकेको तर वडा वडामा कात्तिक ५ र ६ गते बितरण गर्ने तयारी भएको प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बताए ।
शहिदलखन गाउँपालिकामा दशैँ अगाबै वितरण हुने संभावना कम छ। ‘हामीले सामाजिक सुरक्षा भत्ता रकम र विवरण बैंकलाई पठाईसकेका छौँ’ प्रमुख प्रशासकीय अधिकृत जिवनबहादुर आलेले भने ‘बैंकलाई दशैँ अगाबै वितरण गर्न भनेका छौँ, तर सुरु भएको छैन।’ ‘ख’ बर्गको अपाङ्गता परिचय पत्र भएका र ६० वर्ष मुनिका एकल महिलालाई भत्ता दिने निर्णय ढिला गरी गरेकाले समस्या भएको उनले बताए।
वितरण सुरु गरिसकेका स्थानीय तहले दशैँ अगाडी सबैलाई दिने योजना बनाएका छन्। पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका र शहिदलखन गाउँपालिका बाहेकका अन्य सबै स्थानीय तहले जनप्रतिनिधि र कर्मचारी मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछन्। यी पालिकाले भने बैंकबाट दिने बताएका छन्। कोभिड १९ को प्रभावका कारण बैंकले सबैलाई दशैँ अगाबै वितरण गर्न नसक्ने देखिएपछि कर्मचारी मार्फत वितरण गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए।
६० वर्ष मुनिका एकल महिला र ‘ख’ बर्गको कार्ड प्राप्त अपाङ्गता भएकाहरुको हकमा भने केही दिन अघि मात्रै सामाजिक सुरक्षा भत्ताको अख्तियारी आएकाले यसअघि वितरण गरिसकेका, निकासा लिईसकेकाले उनीहरुलाई दशैँपछि वितरण गर्ने भएका छन्। ‘हामीले सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि अख्तियारी आएकाले अहिले तत्काल ६० वर्षभित्रका एकल र ‘ख’ बर्गको अपाङ्गता भएकालाई दिन सक्ने अवस्था भएन’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले भने ‘अरु सबैलाई वितरण सक्यौँ।’