कोभिड मोर्चा कसिलो बनाउँदै प्रशासन
०२ कार्तिक २०७७
•
३ मिनेट पाठ
कोभिड मोर्चा कसिलो बनाउँदै प्रशासन
जिल्ला प्रशासन कार्यालय जुम्लाले दसैँ र तिहारमा हुने भिडभाड कम गर्न जुम्लाबासीलाई आग्रह गरेको छ। यो अवधिभर स्वास्थ्य तथा सुरक्षाको मापदण्डको अधिकतम पालना गर्न आग्रह गरेको हो।




दैनिक जीवनयापन, सेवा प्रवाह, विकास निर्माण, तथा पेशा व्यवसाय सहज ढंगले सञ्चालन गर्न सकिरहेको छैन। यही बीचमा नेपालीहरूले मनाउने बडादशैं, शुभ दिपावली, नेपाल सम्बत, छठ जस्ता चार्ड पर्वहरू आइरहेका छन्। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भन्छन्,‘चार्डपर्व मनाउँदा कोभिड १९ को संक्रमण परिवार हुँदै समाजमा फैलन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पर्ने देखिएको छ।’

चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरी, डकैती, झैझगडा, लगायतका अपराध तथा आगलागी, विष्फोट जस्ता घटनाबाट बच्न समेत उच्च सतर्कता र सावधानी अपनाउन जुम्लाबासीमा आग्रह गरिएको हो।

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेको छ, त्यही रही अनावश्यक जमघट र यात्रा नगरी आफ्नै परिवारका सदस्यहरूबीच मात्रै मनाउनुहोला। जिल्ला भित्र सञ्चालन हुने कुनै मेला, जात्रा, महोत्सव, खेलकद तथा मानिसहरूको अनावश्यक भिडभाड र जमघट हुने खालका कुनै पनि कार्यहरू नगर्नु होला र नगराउनुहोला। चार्डपर्वमा किनमेल, भेटघाट गर्दा भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग जस्ता स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गराउनु होला। यो कार्यले मात्र कोरोना संक्रमणको खतरा कम गर्न सक्छ।’

शक्तिपीठमा नित्य पूजापाठ बाहेकका मानिसहरू भेला वा जम्मा हुने गरी उत्सव, भजन, किर्तन, लगायतका कार्य नगर्ने र नगराउने, यातायातको मापदण्ड पूर्णरूपमा पालना गरी गराई मर्यादित र अनुशासित तवरबाट मात्र सार्वजनिक यातायातको सेवा सञ्चालन भनिएको छ।  

जिल्ला प्रशासन कार्यालयले बेलुका आठ बजे पश्चात् मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखन तथा सेवन गर्न नपाउने निर्णय गरेको छ। मदिराजन्य पदार्थ सेवन गरी हिँडेको पाईएमा प्रचलित कानून बमोजिम कार्बाही गरिने चेतावनी दिइएको छ।  

प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘पटका, आतिसबाजी लगायतका विष्फोटक पदार्थको आयात, प्रयोग र संचय गर्न पाइने छैन। जुवा, तास खेल्ने खेलाउने लगायतका कानूनले निषेध गरेका कुनै प्रकारका कार्यहरू गर्न पाइने छैन। सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, बढी भाडा असुल गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने छैन। यदी यो कार्य गरेको भेटिएको खण्डमा कडा कार्बाही हुनेछ।’  

सवारीसाधनमा यात्रुहरूलाई अभद्र व्यवहार गर्ने, गन्तव्यसम्म नपुर्याउने, सडक अवरोध हुने गरी पार्किङ गर्ने जस्ता कार्य गर्न पाइने छैन। पसल तथा व्यवसाय सञ्चालन गर्दा भीडभाड नहुने गरी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड प्रयोग गरेर सञ्चालन गर्न पाइनेछ।  

प्रमुख जिल्ला अधिकारी थापाले गुणस्तरीय वस्तु सेवा समुचित मूल्यमा बिक्री वितरण गर्ने, सामाजिक दूरी कायम गर्ने, घर बाहिर निस्कदा अनिवार्य रूपमा मास्क लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पालना गर्ने र कुनै लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न निर्देशन गरेको छ।  

कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलदैँ गइरहेकोले उच्च सावधानी अपनाउनको लागि स्थानीय प्रशासनले सुचित गरेको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस