गोरखाको प्रसिद्ध धार्मिक स्थलमनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन (आज) शनिबार धार्मिक विधिपूर्वध बिहान ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ। गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालकाअनुसार कालिकाभगवती र गोरखनाथ मन्दिरमा दुई पाथी जौको जमरा राखिएको हो। यसरी राखिएको जमरा टिकाको दिन कर्मचारी र आसपासका स्थानीय दरवारमा भेला भएर कालिका भगवतीलाई टिका, जमरा लगाएपछि मात्रै घर गएर टीका लगाउने प्रचलन छ। म्नकामना मन्दिरमा पनि जमरा राखिएको छ।
‘घटस्थापनाको दिनदेखि दशैँ विषेश पूजा सुरु हुन्छ’ अड्डाका प्रमुख भुषालले भने ‘कोभिडको प्रभावले बिगतमा जस्तो रौनक छैन, नगरी नहुने नित्यपूजाअनुसार यस वर्ष बलि चढ्छ।’ गोरखा दरवारमा महाअष्टमी र महानवमीको दिन मुख्यबली दिने चलन छ। ३२ वटा बोका, सतारसहित १५ वटा राँगा, १२ वटा भेडा, १३ वटा कुखुरा र भैरवलाई पाँच वटा सुँगुरको बलि गतवर्ष चढाइएको थियो। यो वर्ष यी सबै बलि दिने तयारी छैन। अत्यावश्यक बलि दिने योजनामा दरबार हेरचाह अड्डा रहेको छ। यसरी दिईएको बलि प्रसादको रुपमा प्रयोग गरिन्छ। यहाँ एकादशीको दिनबाहेक बलि दिने परम्परा छ।
भक्तजनको प्रवेश नै रोकिएकाले सबैका लागि बलि खुल्ला गर्ने तयारी नरहेको दरबार हेरचाह अड्डाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै आन्तरिक पूजापाठ बाहेक धार्मिक स्थलमा भक्तजन प्रवेश नगर्न, नगराउन अनुरोध गरेको छ। भक्तजनका लागि तत्काल मन्दिर खुलाउने योजना नरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए।
म्नकामना भगवतीलाई नियमित बलि दिने र घटस्थापनाको दिन राखिएको जमरा टीकाको दिन भक्तजनसहितलाई लगाई दिने प्रचलन थियो। यस वर्ष कोभिडको प्रभावका बीच भक्तजनको लागि मन्दिर प्रवेश बन्द गरिएको छ।
दशैँभरी विहानैदेखि विषेश पूजा हुने भएकाले भक्तजनको भिड लाग्ने गथ्र्यो। यस वर्ष भने सुनसान छ। अहिले गोरखा दरवार पुनर्निर्माणको क्रममा रहेकाले पूजापाठ गर्न समस्या भएको छ। चार करोड ३७ लाख रुपैयाँमा २०७४ कात्तिकमा दुई वर्ष भित्र सिध्याउने गरी ठेक्का लगाइएको दरबार पुनर्निर्माणको काम भने सुस्त छ।
निर्माण जिम्मा लिएको पचलीसिभाको जेभी कन्ट्रक्सन्ले काम ढिलो गरेको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए। अहिले दोस्रो तला निर्माणको काम भईरहेको छ।