कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी प्रदेश २ का स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेको छ।
शक्तिपिठ, मन्दिर तथा पण्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपूजाबाहेक सामूहिकरुपमा गरिने पूजाआजामा यस प्रदेशका स्थानीय प्रशासनले रोक लगाएको छ।
प्रशासनको निषेधाज्ञाका कारण विगतमा जस्तो चाडपर्वमा सञ्चालन हुने मेला जात्रा गर्न पनि रोक लागेको छ। विगतमा राजनैतिक दलहरुबाट गरिने शुभकामना आदानप्रदान कार्यक्रमहरुमा समेत प्रशासनले रोक लगाएको छ। यसैगरि, सामूहिकरुपमा भेला भएर गरिने क्रियाकलापका कारण संक्रमण एक व्यतिmबाट अर्को व्यक्तिमा सर्ने भएकाले पनि प्रशासनले यस्ता कार्यक्रमणमा रोक लगाएको जनाएको छ।
यस प्रदेशमा कोरोना संक्रमण र मृत्यु दर तीव्र रुपमा वृद्धि भइरहेको कारणले चाडपर्वलाई लक्षित गरेर मन्दिर आसपासमा ठूलो जमघट नहोस् भनेर निषेधाज्ञा जारी गर्नुपरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए। साथै, चाडपर्वमा शुभकामना आदानप्रदानलगायत कार्यक्रमहरु धेरै हुने भएकोले पनि त्यस्ता कार्यक्रमहरुलाई पनि रोक लगाइएको उनले बताए। ‘अहिले संक्रमण फैलिदो अवस्थामा छ, यो बेला मठमन्दिरमा धेरै भीडभाड नहोस् भनेर हो। शुभकामना आदानप्रदान कार्यक्रमहरु पनि धेरै हुन्छन्। त्यो पनि गर्नु हुँदैन।
प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ अनुरुप जिल्ला प्रशासन कार्यालय सिरहाले कात्तिक १ गतेदेखि कात्तिक ९ गतेसम्म नित्यपूजाबाहेक दर्शनका लागि सर्वसाधारणलाई निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले असोज ३० गते राती ११ बजेदेखि कात्तिक ७ गते राती ११ः३० सम्म जिल्ला स्थित सम्पूर्ण शतिmपिठहरुमा नित्यपूजाबाहेक दर्शनका लागि निषेध गरिएको प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए। कोरोना संक्रमणलाई दृष्टिगत गरी आ–आफ्नै घरमा पूजापाठ गरी चाडपर्व मनाउन सर्वसाधारणलाई अपील गरिएको उनले बताए।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्ला प्रशासनले पनि जिल्लाभरका शक्तिपिठमा नित्यपूजा बाहेक भीडभाडसाथ दर्शन, मेलामा रोक लगाएको छ। निषेधाज्ञा उल्लंघन गरे कानून वमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ।
प्रदेश २ मा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको छ। शुक्रबारसम्म कूल संक्रमितको संख्या १४ हजार ६ सय २० पुगेको छ। कोरोनाबाट मृतकको संख्या १ सय ५९ पुगेको छ। सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ८९ छ। १२ हजार ७ सय ७२ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। यस प्रदेशमा सबैभन्द बढी सक्रिय संक्रमित सिरहामा छ।
सिरहामा ६ सय ६१ जना, सप्तरीमा २३७, धनुषामा १ सय ६६, महोत्तरीमा १ सय ९५, सर्लाहीमा ६२, रौतहटमा ७९, बारामा १ सय १० र पर्सामा १ सय ७९ जना सक्रिय संक्रमित रहेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले बताए।