बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले आठ हजार एक सय ६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेका छन्। बिहीबार (आज) बिहान ६ः१० बजे सफल आरोहण गरेका सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले बताए।
राजकुमारको टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेका थिए। राजकुमारको आरोहणको बन्दोबस्त सेभेनसम्मीट ट्रेक्स प्रालिले मिलाएको थियो। राजकुमारसहित ५० जना भन्दा बढीको टोलीले मनास्लु आरोहण गरेको हो। सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा थिए।
साथै बहराइनका शाही परिबारको पहिलो भ्रमणको अवसरमा सामागाउँका बासिन्दाले पाँच हजार मिटर भन्दा अग्लो हुसुरडाँडालाई रोयल बहराइन पिक भनेर नामाकरण गरेका छन्।
त्यसअघि राजकुमारको टोलीले असोज १७ गते सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए।