जिल्लासभाद्वारा ३१ बुँदे विशेष प्रस्ताव पारित
२९ असोज २०७७
•
३ मिनेट पाठ
जिल्लासभाद्वारा ३१ बुँदे विशेष प्रस्ताव पारित
इलामको चौथो जिल्लासभामा सहभागी । तस्बिर : भीम/नागरिक
इलामको चौथो जिल्लासभाले दिगो विकास प्रयासका लागि ३१ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। कोभिड–१९ को महामारीका बेला सरकारले तोकेको मापदण्डमा रहेर कृषि उत्पादन, बजारीकरण गर्नेदेखि यो वर्षभर गरिने भौतिक पूर्वाधारका कामसमेतको प्रस्ताव सभाले पारित गरेको हो।  




देशका विभिन्न क्षेत्र तथा काठमाडौंबाट जिल्ला फर्किनेहरूलाई स्वास्थ्य मापदण्ड अवलम्बन गर्न, निश्चित समयावधि पूरा गरेरमात्र गाउँ/समाजमा घुलमिल भइ चाडबाड मनाउन सभाले आग्रह गरेको छ। चाडवाड मनाउनेक्रममा वृद्धवृद्धा र जोखिममा रहेका आफन्तप्रति सचेत हुन आग्रह गर्ने प्रस्तावसमेत सभाले पारित गरेको  जिल्ला समन्वय समितिले जनाएको छ।  

सभाले जिल्लाको ६५ प्रतिशत भू–भाग खेतीयोग्य रहेपनि १० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको अवस्थामा यो सुविधा दोब्बर बनाउने लक्ष्य राखेको छ। ‘हाम्रा प्रमुख नदी तथा खोलामा विद्युतीकरणका लागि पानी प्रयोग भएकाले सिँचाइ गर्न कठिनाई भएको छ। बाँकी जलस्रोत भएको क्षेत्र (स–साना खोला खोल्सा, खहरे) बाट भएपनि सिँचाइयोग्य जमिनमा आवश्यक प्रबन्ध मिलाउन तीव्र गतिबाट कार्य अघि बढाउन, स्थानीय तहहरूबाट समेत विभिन्न योजना बनाइ कार्यान्वयन गराउन केन्द्रीय तथा प्रदेश सरकारसँग बजेट माग गरी हालको अवस्थाको कम्तीमा दोब्बर हुने गरी अबको २ वर्षभित्रमा निर्माण सम्पन्न गर्न यो सभाबाट हार्दिक अनुरोध गर्दछ,’ पारित निर्णयमा उल्लेख छ।

सीमान्तकृत व्यक्ति तथा समुदायको  समावेशी, समतामूलक विकास गर्न प्रदेश, स्थानीय सरकार, विषयगत कार्यालय, सम्बन्धित गैरसरकारी संघ–संस्थालाई आग्रह गर्ने र त्यस्ता क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न/गराउन पनि सभाले आग्रह गरेको छ। जिल्लाको कृषिउपज, पशुपालन, पर्यटन, धार्मिक, सांस्कृतिक तथा पुरात्विक, सम्पदा संरक्षण सम्वद्र्धन, वातावरण तथा वातावरणीय संरक्षण, दिगोपनका लागि देश/विदेशका लगानीकर्ताको सहभागिता र प्रोत्साहन गर्ने पनि निर्णय भएको छ। समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले इलाम र बाहिर रहेका इलामेसँग पनि दीर्घकालीन र बलियो सम्बन्ध विकास गरी समृद्ध, सम्मुन्नत जिल्ला निर्माण गर्न सभाले आह्वान गरेको बताए।  

जिससलाई विगतको जिल्ला विकास समितिबाट ८ करोड रुपैयाँको बेरुजु सरिआएको छ। त्यसमा २५ रुपैयाँको समेत बेरुजु रहेको तर एउटै बेरुजु फस्र्याेट गर्न कम्तीमा २ हजार रुपैयाँ खर्च हुने भएकाले ३ हजार रुपैयाँभन्दा माथिको बेरुजु रकम मात्र फस्र्याेट गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा सिफारिस समेत गरिएको छ। प्रमुख बरालले कृषि क्षेत्रमा अकबरे, ओलन, अम्लिसो, अदुवा, अर्थाेडक्सलगायतले चिनिएको इलामलाई स्थानीय उत्पादन अल्लोले समेत चिनाउनेगरी घरेलु उद्योग विकासमा जोड दिइने बताए। ‘अल्लोको कपडा तयार हुने र औषधिका रूपमा पनि प्रयोग गरिने भएकाले यसको व्यावसायिक खेतीमा प्रोत्साहन गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको छ,’ उनले भने, ‘जिल्लालाई विभिन्न क्षेत्रमा आत्मनिर्भर बनाउन मासु, दूध, फलफूल, नगदेबाली, तरकारीलगायतको पकेट क्षेत्र बनाउनेगरी काम गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।’

५० शड्ढयाको इलाम अस्पताललाई सयको बनाउन र एम्बुलेन्स थप्न पहल गर्ने, अव्यवस्थित बसोबासलाई स्थानीय तहले व्यवस्थित बनाउने, गैरकाष्ठ र जडीबुटीको बजारीकरण सहज बनाउन कानुनी सहजता प्रदान गर्ने प्रस्ताव पनि पारित गरिएको छ। जिल्लाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण मध्यमार्ग पहिचान गर्न विस्तृत अध्ययन गर्ने प्रस्तावसमेत पारित गरिएको प्रमुख बरालले बताए। उनले जिल्ला समन्वय समितिले समन्वयको काम गरिरहेपनि इन्जिनियरलगायतका दरबन्दी खाली नै रहेकाले अनुगमनको काममा समस्या भइरहेको जनाए।  

सभा उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवाले स्थानीय तह गठन भएर करिब ३ वर्ष बित्दा बढीजसो समय कानुन बनाउन र काम सिक्नमै खर्च भएको बताए। ‘कतिपय कानुन बनेपनि कार्यान्वयनमा समस्या छ,’ उनले भने, ‘कतिपय काम कानुनी जटिलताका कारण प्रभावित भएका छन् तर आपसी समन्वयमा सबै समस्या समधान हुन्छन्।’ नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशका संयोजक तथा इलाम नगरपालिका मेयर महेश बस्नेतले सुरु–सुरुमा स्थानीय तहको भूमिका नौलो भएपनि अब जनप्रतिनधिलाई काम गर्न सजिलो भएको बताए। उनले स्थानीय तहहरू समृद्धिको आधार तयार गर्न लागिपरेको जनाए।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस