कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन्। बारामा व्यक्ति हत्या गरि फरार सिम्रौनगढ–७ का श्यामकिशोर प्रसाद कुशवाहालाई बुधबार पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाइँले बताए।
प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढले श्यामकिशोर प्रसाद कुशवाहालाई पक्राउ गरेको उनले बताए। श्यामकिशोर समेतले मिलेर २०४४ भदौ १२ मा सिम्रौनगढ–६ कोहपुर बस्ने जयमंगल प्रसादको हत्या गरेका थिए। सो मुद्दामा सिम्रौनगढ–७ बस्ने श्यामकिशोरलाई बारा जिल्ला अदालतले २०४७ असोजमा १० वर्ष कैद साजय हुने फैसला गरेको थियो।
३० वर्षदेखि फरार उनी भारतमा लुकेर बसेको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ। बुधबार प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेको हो। हत्यामा संलग्न आरोपीविरुद्ध बज्रकिशोर प्रसाद कोईरीको जाहेरी र प्रहरी अनुसन्धानपछि अदालतले फैसला सुनाएको थियो।