हराएको ५० हजार फिर्ता
२६ असोज २०७७
•
१ मिनेट पाठ
हराएको ५० हजार फिर्ता
भक्तपुरका एक व्यक्तिले हराएको आफ्नो ५० हजार रुपैयाँं फिर्ता पाएका छन्। भेटाउने व्यक्तिले प्रहरीलाई रकम बुझाएपछि हराएको रकम प्रहरीमार्फत उनलाई फिर्ता मिलेको हो।  




महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार सोमबार दिउँसो अन्दाजी  साढे एक बजे भक्तपुर नगरपालिका ३ खौमाबाट भक्तपुर नगरपालिका ५ क्वाछेसम्म मोटरसाइकलमा जाने क्रममा भक्तपुर नगरपालिका ३ बस्ने दिपलप्रसाद कायस्थको ५० हजार (पाँच सयको १ बन्डल) रकम बाटोमा खसी हराएको भनी परिसर भक्तपुरमा प्रमाणसहितको निवेदन पर्न आएको थियो। 

निवेदनपछि भक्तपुर खशीबजारमा बस्ने स्थानीयले उक्त रकम भेटेर प्रहरीलाई बुझाएका थिए। त्यसपछि उक्त रकम सम्बन्धित पैसा धनीलाई बुझाइएको परिसरले मंगलबार जनाएको छ।
अर्को समाचार
हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्‍यो...
०१ जेष्ठ २०८१
•
१ मिनेट पाठ
हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्‍यो...
जिल्ला प्रहरी कार्यालय परिसरमा सम्बन्धित व्यक्ती (संगिता क्षेत्री) लाई पैसा र ब्याग हस्तान्तरण गरिएको छ।
सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।




घरमा भुलेको होला भनेर उनी फर्केर ब्याग लिन घरमा गइन्। घरमा पनि झोला भेटिएन। त्यसपछि उनी तनावमा परिन्। कारण, उनले बोकेको झोलामा करिब डेढ लाख रुपैयाँ थियो। बिमाको किस्ता बुझाउन आफन्तले दिएको पैसा बोकेर हिँडेकी क्षेत्री झोला कहाँ राखेँ भन्ने पत्तो पाइनन्।

खोजतलास गर्दै उनी अफिस जान हिँडेको बाटोमा भौँतारी रहिन्। उनको होस् उड्यो। आफन्तले किस्ता तिरिदिन भन्दै दिएको पैसा हरायो, अब कहाँबाट तिर्ने होला भनेर सोच्दै गर्दा उनलाई जिल्ला प्रहरी कार्यालयबाट फोन गयो।

हजुरको झोला कस्तो थियो? झोला भित्र कति पैसा थियो? के प्रयोजनको लागी त्यत्तिका पैसा लिएर हिँड्नु भएको थियो? जस्ता प्रश्नहरू प्रहरीले सोधेपछि उनले सबै बेलिबिस्तार लगाइन्।

त्यसपछि प्रहरीले उनलाई हजुरको झोला सुरक्षित छ, लिन आउनुस् भन्यो। उनी दौडिदैं जिल्ला प्रहरी कार्यालयमा पुगिन्। त्यहाँ उनले आफ्नो ब्याग र पैसा सुरक्षित पाइन्।

उनी हटारीनेटा बाट स्कुटरमा गुन्टीखोला कार्यालय जाँदै गर्दा सन्धिखर्क नगरपालिका नजिकै ब्याग खसेको रहेछ, जुन कुरा उनले पत्तो पाइनन्। ड्युटीमा खटिएका प्रहरीले ब्याग देखेपछि टिपे। खोजतलास गर्दा ब्यागमा नगद १ लाख ४४ हजार फेला प¥यो।

ती प्रहरीले कन्ट्रोलरुम ड्युटीमा रहेका अर्जुन बस्नेतलाई जानकारी दिए। बस्नेतले माथिल्लो निकायमा जानकारी गराएपछि ब्याग खोजतलास गर्ने क्रममा भेटिएका अन्य कागजातले व्यक्तिको पहिचान भयो। त्यसपछि प्रहरीले उनलाई खबर गरेको थियो। 
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस