धुलिखेलमा भेटिएको किरातकालीन मूर्तिको संरक्षण र पुुरातात्विक अन्वेषणप्रति सम्बद्ध निकायहरुले बेवास्ता गरेका छन्। एक महिनाअघि धुलिखेल नगरपालिकास्थित अरनिको राजमार्गको सतहभन्दा करिब ३ सय मिटर तल मूर्ति फेला परेको थियो। उक्त मूर्ति किरात देवी सुम्निमाको रहेको अध्ययनकर्ताको प्रारम्भिक अनुमान छ।
शिल्पकलाको यो अनुपम मूर्ति देखिएपछि स्थानीय खुशी भएका छन्। यो मूर्ति ईसापूर्व पहिलो वा दोस्रो शताब्दीको हो भन्ने अनुमान पनि गरिएको छ। अध्ययनकर्ताका अनुसार त्यो मूर्तिको स्वरुप हेर्दा देवीको मूर्ति जस्तो पनि देखिन्छ। यसको रूपरेखामा गरगहनाले राम्रोसँग शिल्प गरिएको छ। दायाँ हात काटिएको छ। केही भागहरु हराएका छन्। माटोमा पुरिएका कारण केही भाग नष्ट भइसकेको छ। हराएको अंशहरु खोजी गर्नुपर्ने स्थानीय युवाहरु बताउँछन्। पाँचखालका सम्पदाप्रेमीले उक्त मूर्तिबारे पुरातत्व विभागलाई प्रतिवेदनसहित जानकारी गराएका छन्।
तर, विभागले बेवास्ता गरेको उनीहरुको गुनासो छ। ‘यति पुरानो मूर्ति फेला परेको छ, तर राज्यका निकायले मूर्ति लगेर म्युजियमको गोदाममा थन्क्याए, यसको प्राचिन्ता र महत्वबारे अध्ययन नै गरेनन्,’ पाँचखालका सम्पदा बचाउ अभियन्ता श्रीकृष्ण धिमालले भने, ‘मैले सम्पदा र संस्कृतिविद्हरुलाई सोध्दा ३८ सय वर्ष पुरानो भनेर जानकारी पाएको छु।’ उनले भेटिएको मूर्ति किराँत देवी सुम्निमाकै हो भनेर दाबीसहित पुरातत्व विभागमा प्रतिवेदन पत्र दर्ता समेत गराएका छन्।
मूर्तिले महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक स्थान ओगटेको हुनसक्ने उनको भनाई छ।
अध्यनकर्ताका अनुसार यो मूर्ति प्राचिन किरात देवीको स्वरुपमा छ। यो किराँती महिलासँग पनि मिल्दोजुल्दो छ। आकारको हिसाबले किरातकालीन हो भन्ने विश्वास गरिएको छ। पुरातत्वविद् उद्व आचार्यले भेटिएको मूर्ति निकै महत्वपूर्ण र सयौं वर्ष पुरानो रहेको बताए। उनले भने, ‘नेपालको इतिहासमा यस्तो मूर्ति पाउन मुस्किल छ, यो २५ वर्ष पुरानो मूर्ति हो भन्ने मेरो प्रारम्भिक अध्ययनले देखाएको छ, तर पुरातत्व विभागले मूर्तिको स्याहार र अनुसन्धान नगरेको देख्दा दुःख लाग्यो, सम्पदा संहार र स्याहार गर्ने निकायले यसरी बेवास्ता गर्नु राम्रो होइन।’
मूर्तिबारे धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जुलाई पहिलै जानकारी थियो। तर, उनले उक्त मूर्तिबारे पुरातत्व विभाग र प्रशासनलाई जानकारी नै नगराएको पाइएको छ। सयौं वर्ष पुरानो मूर्ति भेटिँदा जिम्मेवार निकायले कम चासो दिएको स्थानीयको गुनासो छ। धुलिखेलका पुरातत्वविद् मनिष योगलले मूर्ति भेटिएपछि सरोकारवाला निकायलाई जानकारी गराएका थिए। उनले पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलाई फोन सम्पर्क गरी जानकारी गराएका थिए। मूर्ति भेटिएपछि त्यसको सुरक्षा र संरक्षणको लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी र पुरातत्वलाई जानकारी गराइएको थियो। ‘मूर्ति महत्वपूर्ण छ भनेर हामीले सम्बन्धित निकायलाई जानकारी गराएका थियौं, तर मूर्ति उठाएर लग्नेबाहेक अन्य अध्ययन र अनुसन्धानको काम सरकारी निकायबाट भएको छैन,’ उनले भने।
केयौं वर्ष पुरानो मूर्ति भेटिएपछि त्यो मूर्ति कुन समयमा निर्माण भएको हो भन्नेबारे पुरातत्व विभागले अध्ययन सुरु गरेको छैन। मूर्ति भेटिएको क्षेत्रलाई संरक्षित घेरामा राखिएको छैन। विभागले मूर्ति लगेर छाउनी म्युजियममा राखेपनि मूर्तिको प्राचिनता र महत्व पत्ता लगाउन अध्ययन सुरु गरेको छैन। पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सातापछि मात्रै अध्ययन गर्ने तयारी भएको जानकारी दिए। उनले भने, ‘मूर्ति छाउनीमा राखेका छौं, महामारीका कारण अहिले अध्ययन गर्न सक्ने अवस्था छैन।’
त्रिभुवन विश्वविद्यालय पुरातत्व विभाग प्रमुख प्रा.मदनकुमार रिमालले यो मूर्ति नेपाली मूर्तिकलाको इतिहास हुनसक्ने बताए। उनले भने, ‘यो मूर्तिले पुरातन नेपाली समाज र महिलालाई झल्काउँछ, यो आश्चर्यजनक आकर्षक प्रतिमा पनि हो, यसलाई संरक्षण र थप उत्खनन् गरेर वास्तविकता पत्ता लगाउन जरुरी छ।’ उपत्यकाका अन्य मूर्तिहरूको तुलना र अध्ययन गर्दा यो मूर्ति दोस्रो वा तेस्रो शताब्दीको हुनसक्ने उनको भनाई छ।
धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जुले मूर्तिबारे अध्ययन गरिने बताए। ‘मेरै पहलमा मूर्तिले स्याहार पाएको छ, मूर्तिबारे म पहिलेदेखि नै जानकार थिएँ, तर यो मूर्ति यति महत्वपूर्ण छ भन्ने सोच भएन,’ उनले भने, ‘त्यस क्षेत्रमा थप उत्खनन् र संरक्षणको लागि पुरातत्वसँग मिलेर काम गर्छौं।’