बजारमा अनियन्त्रित चहपहल बढ्दै गएपछि रुपन्देहीमा पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। बुटवल र भैरहवासहित ग्रामिण भेगमा समेत कोरोनाको सावधानी नअपनाएर बजार खोल्ने र सर्वसाधरणले समेत स्वास्थ्य सुरक्षामा हेलचेक्रयाईँ गर्दा जोखिम दिनप्रतिदिन बढ्दै गएको हो।
रुपन्देहीमा शनिबार मात्रै १ सय ७९ जना कोरोना संक्रमित थप भएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हाल जिल्लामा एक हजार १ सय २६ जना संक्रिय कोरोना संक्रमित छन्। केहि दिनयता जनप्रतिनिधि, सञ्चारकर्मी तथा राजनीतिक नेतृत्वलाई समेत कोरोनाको संक्रमण देखिन थालेको छ। समुदायसँग बढी सम्पर्क हुने पेशा र क्षेत्रमा रहेकाहरुलाई कोरोना देखिन थालेपछि स्थिती असहज हुन सक्ने विज्ञहरुले बताएका छन्। शहरी क्षेत्रमा कोरोनाको संक्रमण दर दैनिक रुपमा वृद्धि हुन थालेको छ। सरकारले लकडाउन खुकुलो पारेपछि बजारमा चहलपहल बढ्दोक्रममा छ।
केही दिनयता बुटवल उपमहानगरभित्र सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। शनिबार मात्रै ६६ जना नयाँ संक्रमित थप भएका छन्। बुटवल उपमहानगरको स्वास्थ्य महाशाखाका अनुसार बुटवलमा मात्रै ६ सय २३ जना सक्रिय संक्रमित संख्या रहेको छ। बुटवल उपमहानगरमा दैनिक रुपमा संक्रमितको संख्या वृद्धि भएको छ। यसैगरि शनिबार मात्रै रुपन्देहीका ४९, तिलोत्तमा नगरपालिकामा १९, देवदह नगरपालिकामा ५, मायादेवी गाउँपालिकामा ४, सैनामैना नगरपालिकामा ६, शुद्धोधन गाउँपालिकामा १, सियारीमा ११ र कोटहीमाई गाउँपालिकामा १८ जनामा कोरोना संक्रमित थप भएका छन्।
रुपन्देहीमा अहिलेसम्म ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए। उनका अनुसार २ हजार ४ सय ३५जना भने निको भइसकेका छन्। रुपन्देहीमा हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ।