कोरोना भाइरस संक्रमित विराटनगर–१२ की ५५ वर्षीया महिलाको शुक्रबार दिउँसो साढे चार बजे मृत्यु भएको छ। उपचारका लागि विराटनगरस्थित नोबल शिक्षण अस्पताल पु¥याएको केही समयमै मृत्यु भएको अस्पतालले जनाएको छ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि बुधबार स्वाब परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशाला पठाइएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आयो। कोरोना पुष्टिपछि होम आइसोलेसनमा रहेकी महिलालाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। मृतकमा मधुमेह र बाथको पुरानै समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।
यससँगै प्रदेश १ मा कोरोना भाइरसबाट २४ महिला र ७१ पुरुष गरी ९५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।