समाज आमुल परिवर्तन गर्ने भन्दै १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्धन्द्धका बाछिटाले आज पनि सर्वसाधारणलाई पोलिरहेको छ। स्थानीयलाई मानवीय ढाल बनाएर युद्ध लडाउनेहरु परिवर्तन भएको भन्दै सत्तामा पुगे पनि ढालका रुपमा प्रयोग भएकाहरुको जीवन मझधारमा अडेको छ। यतिबेला बाच्ने आधार समेत नभएकाहरु केबल बाच्नका लागि मात्र बाचिरहेका छन्। शान्ति स्थापना भएको लामो समय बितिसकेको भए पनि पीडितको घाउ निको भएको छैन।
माओवादी नेतृत्वले आफ्नो पछाडीको उपनाम छोडे जस्तै हिजोको युद्धका मृतक, बेपत्ता, घाइते, एकल महिला सबै सबैलाई पछाडी छोडिसकेको गुनासो सुनिन थालेको हो। अनाहकमा ज्यान गुमाएका वा पीडा खेपेकाहरु आज पनि बिगत सम्झेर भक्कानिने गर्छन्। कालो बिगत बिताएका उनीहरुको वर्तमात जस्तै भबिस्य पनि अन्यौलपुर्ण छ। कुहिरोको काग जस्तै गुमनाम सहिद परिवारहरुसंग ठूलो अपेक्षा समेत रहेको देखिदैन।
माओवादी १० वर्षे युद्धको सुरुवाती भूमिका रुपमा चिनिएको होलेरीमा जस्तै रोल्पाका टोल टोलमा पीडाको पहाडले थिचिएकाहरु असरल्ल परेर रहेका छन्। २०६० चैत ११ गते होलेरी बजार आएका स्थानीय २४ वर्षीय बामदेव कामिलाई सुरक्षाकर्मीले कोईला भन्ने ठाउँमा लगेर गोली हानि हत्या गरे। बामदेबको हत्या भएको ४५ दिनपछि जन्मिएको छोरो ठकेन्द्र १६ वर्षको पुगेका छन्।
एसईई सकाएका ठकेन्द्रलाई प्राबिधिक पढ्ने हुटहुटी छ तर आमा तुलसी कामीसंग छोरालाई पढाउन सक्ने अवस्था छैन। १८ वर्षीया छोरी मनकुमारीले आर्थिक अभावले पढाई छोडेर सिलाई सिक्दै छिन्। ‘श्रीमानलाई उमेर मै मारीदिए। मेरो अवस्थाले सन्तान पढाउन सक्दिन। हिजो बन्दुकबाट सत्ता कब्जा गरेर गरिबका दिन फर्किन्छ भन्नेहरुले सबै भुले।’ तुलसि भन्छिन् ‘छोराले प्राबिधिक विषय पढ्न पाए पढ्छु नत्र पढ्दैन भनेर जिद्धि गरेको छ।’
२४ वर्षको उमेरमा श्रीमान गुमाएकी तुलसिलाई अहिले आएर फेरी चोट थपिएको छ। ठाउँ ठाउँमा सहिदका नाममा खोलीएको शिक्षालय अनि सहिदका नामका कोटाका बारेमा कामी परिवारलाई केहि खबर छैन। हिजो आफूले बन्दुक समाएर निहत्था सर्वसाधारणलाई ढाल बनाएकाहरु अहिले बिभिन्न तरिकाबाट सुकिलामुकिलालाई भईसकेका छन्। उनीहरुलाई गरिबि र गरिब तिर फर्केर हेर्ने फुर्सद समेत छैन।
होलेरी बजारमा सानो छाप्रोमा किराना पसल संचालन गरेर दैनिकी चलाई रहेकि तुलसि जस्ता दर्जनौ एकल आमाहरु हरेक साँझ आशुको सितनसंग भोक मेटाउने गर्छन्। पीडितको दैलोमा आजसम्म खुसी त आएन नै कोहि फर्केर अवस्था सोध्न र बुझ्न समेत आएका छैनन्। रुन्टीगढी गाउँपालिका ६ डुब्रिङका कामी परिवारलाई यतिबेला सन्तान पढाउने चिन्ता नै महत्वपुर्ण बनेको छ।
छिमेकी जिल्ला दाङमा सहिदका छोरा छोरीहरु पढाउने भन्दै प्राबिधिक शिक्षालय खुलेको भए पनि तुलसिको घरमा त्यो खबर छैन। गाउँछिमेकमा रहेका हिजोका बन्दुकेहरुले सहयोग त गर्दैनन् नै जानकारी समेत दिने गरेका छैनन्। स्थानीय सरकारलाई पीडितको अवस्था बुझ्ने वा उनीहरुको समस्या समाधान गर्ने भन्ने बारेमा सोच समेत आउने गरेको पाईदैन भने प्रदेश र केन्द्र सरकारहरुले हिजोका राहतसंग रगतको मूल्य साटिसकेका छन्।