वर्षौ देखि पुर्जाविहीन भालुबाङले प्रदेशको स्थायी राजधानीको परिकल्पना शायदै गरेको थियो। पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरुले त्रिपाल टाँगेर बस्ती बिकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो ‘स्थायी लाल पुर्जा’। लामो समयदेखिको अथक प्रयासका बावजुद लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै अभागी महशुस गरायो। तर त्यहि अभागी ‘अस्थायी भालुबाङ’ मंगलबार भाग्यमानी सावित भयो।
प्रादेशिक राजधानीको प्रमुख हिस्सेदार (केन्द्र) बनेको भालुबाङले पाएको यो अमूल्य हिस्सा उसकै लागि अकल्पनीय बन्यो। ‘बस्तीको लालपुर्जासम्म पाउन नसकेको भालुबाङले प्रादेशिक राजधानी पाउला भन्ने त कल्पना भन्दा बाहिरको कुरा थियो,’ स्थानीय ताराबहादुर डाँगी भन्छन् ‘यो अनुपम उपहार भालुबाङका लागि अकल्पनीय नै हो।’
पहिलो प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचन ताका जिल्लाका अन्य भेगमा जस्तै भालुबाङमा ‘दाङ राजधानी’ को नारा प्रमुख चुनावी ऐजेण्डाका रुपमा घन्कीयो। आफूलाई भेगीय रुपमा उपेक्षित महशुस गर्दै आएको भालुबाङले त्यो बेलाको नारामा उल्लेख भएको ‘राजधानी’ लाई आफूसंग प्रत्यक्ष रुपमा जोडेर हेर्न सकेन। स्थानीय तारा भन्छन् ‘दाङ उपत्यका दक्षिण एशियाकै ठूलो उपत्यका रहेकाले राधजानी भैहाले पनि त्यहि उपत्यकामा राजधानी बस्छ भन्नेमा हामीहरु ढुक्क थियौँ।’ निर्वाचन पश्चात दाङ राजधानीका पक्षमा भालुबाङमा पनि आगो बल्यो। दाङको घोराही, तुलसीपुरको आन्दोलन जस्तै भालुबाङले पनि पूर्वी सीमा क्षेत्रमा ठूलो ‘दंगाली शक्ति’ देखायो।
तथापी साविक लुम्बीनी अञ्चलको सीमा क्षेत्रमा दंगाली शक्ति प्रदर्र्शन गरेको भालुबाङलाई त्यो बेला पनि राजधानी केन्द्रको ख्वाब थिएन। ‘केबल दाङ राधजानी बन्नु पर्छ भन्ने मात्रै हाम्र्रो आन्दोलनको मुल लक्ष्य थियो,’अर्का स्थानीय होमप्रसाद शर्मा भन्छन् ‘तर दाङ राजधानीको नारा लगाएका हामीहरुले भालुबाङको निहित स्वार्थसंग त्यो आन्दोलनलाई जोडेनौँ,किनकी राजधानीको ख्वाब देख्ने सामाथ्र्य भालुबाङले राख्न सक्दैनथ्यो।’
अस्थायी मुकाम बुटवल तोकिएपछि सम्भावित स्थायी राजधानीका बारेमा चर्चा चल्न थाले। यो चर्चाले भालुबाङलाई जुर्मुराईदियो। कारण त्यो बेला स्थायी राजधानीको सम्भावित राजधानीको केन्द्रका रुपमा भालुबाङको नाम चल्न सुरु भयो। ‘सम्भावित स्थायी राजधानीको केन्द्रका रुपमा भालुबाङको नाम पनि सुनिन थालेपछि एकखालको आशा जाग्न थाल्यो,’होमप्रसाद भन्छन् ‘तथापी ढुक्क भने हुने वातावरण थिएन।’ भालुबाङ यो बेला पनि नाम चलन सुरु भएपनि दाङ राजधानी घोषणा भएको खण्डमा घोराही, तुलसीपुर क्षेत्रमै पुग्ने मनोबिज्ञानमा भालुबाङ थियो। ‘हामीहरुले कहिल्यै पनि स्थायी राजधानीको परिकल्पना गर्न सक्ने आधारहरु थिएनन्,’ होमप्रसाद भन्छन् ‘किनकी उपेक्षित बस्तीका रुपमा ठडिएको भालुबाङले यति ठूलो परिकल्पना कसरी गर्न सक्थ्यो?’
भालुबाङले किन आफूलाई उपेक्षित महशुस गर्दै आयो? यसको प्रमुख कारण चार दशकदेखि अस्थायी पुर्जाका आधारमा ठडिएको भालुबाङले स्थायी पुर्जाका लागि राजनीतिक सहयोग पाउन नसकेको गुनासो गर्छ। दाङको पूर्वी सीमा क्षेत्रका रुपमा रहेको भालुबाङले जहिल्यै एक्लो महशुस गर्यो। ‘यो क्षेत्रले राष्ट्रिय राजनीतिमा पहुँच राख्न सक्ने राजनीतिक नेतृत्व पाउन सकेन, अतः राष्ट्रियस्तरसम्म यो ठाउँले आफूलाई सुनाउन पाएन,’ भालुबाङस्थित राप्ती उद्योग वाण्ज्यि संघका अध्यक्ष जगतप्रसाद पोख्रेल भन्छन् ‘यहाँको राजनीतिक नेतृत्वले यहाँको आवाज राष्ट्रिस्तरमा राख्न सक्ने सामथ्र्य राख्न सक्दैनथ्यो।’ फलतः वर्षौंदेखि स्थायी पुर्जाको अपेक्षामा रहेको भालुबाङको अपेक्षा पूरा हुन नसकेको तर्क उनको छ। ३१ बिघा क्षेत्रफलमा रहेको राजधानीको केन्द्र भालुबाङमा २ हजार ५ सय घरधुरी परिवारको बसाई पुर्जाविहीन छ । यो जमिन सबै राष्ट्रिय वनको नाममा छ।
स्थायी पुर्जा नपाउँदा निराश भालुबाङ अहिले स्थायी राजधानीको मुकाम बन्दा हर्षित छ। लालपुर्जा प्राप्तीसंगै ‘बिकासे परिकल्पना’ को तानाबुना बुनिरहेको छ। ‘बिकासका दृष्टिले पनि उपेक्षित महशुस गरेको भालुबाङले अब भोलीको बिकासको सपना देखिरहेको छ,’ जगत भन्छन् ‘अब भालुबाङका कदमहरु सुनौला रहने विश्वास पलाएको छ।’ यतिमात्रै हैन, स्थायी राजधानीको केन्द्र भालुबाङ तत्कालै आफ्नै क्षेत्रमा प्रदेशको प्रशासनिक केन्द्र (राजधानी) सञ्चालन होओस् भन्ने पक्षमा मात्रै छैन, तत्कालै राजधानी थेग्ने भौतिक पूर्वाधारको बन्दोबस्ती गर्न सक्ने सामाथ्र्य समेत देखाईरहेको छ।
प्रदेश राजधानीको केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने ‘हामीहरुसंग तत्कालै राजधानी सञ्चालन गर्न सक्ने भौतिक पूर्वाधाहरु अहिले पनि छन्, प्रदेश राजधानी सञ्चालनका भौतिक पूर्वाधारका कारण समय कुर्नु पर्ने अवस्था छैन।’ त्यहाँ रहेको राप्ती प्राविधिक शिक्षालयका भौतिक पूर्वाधारहरुले राजधानी सञ्चालनको भार थेग्न सक्ने उनको दाबी छ।