कटुवा पेस्तोलसहित बाँकेको नरैनापुरबाट २ जना पक्राउ गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरका ६२ वर्षीय सलिम नाँउ र वडा नम्बर १९ बासुदेबपुर निवासी ३३ वर्षीय ईब्राहिम बेहना पक्राउ परेका हुन्।
नरैनापुर गाउँपालिका वडा नम्बर ५ सर्बराजपुरुवास्थित हुलाकी सडक खण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा जिप्रका र ईप्रका भगवानपुरबाट खटिएको प्रहरी निरीक्षक बसन्त गौतम समेतको टोली परिचालन भई चेकजाँच गरेको थियो।
दुबै जनाले शंकास्पद प्लाष्टिकको बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोलेर हेर्दा सो भित्र रहेको २ थान कटुवा पेस्तोल र सलिम नाउँले लगाएको स्टकोटको बाँया खल्तीमा रहेको कटुवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड फेला पारिएको प्रहरीले जनाएको छ। दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, एसपी ओम रानाले जानकारी दिए।
अभियुक्त दुबैलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उनले बताए।