कोरोना संक्रमणबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत विराटनगर–९का एक पुरुषको आइतबार विहान मृत्यु भएको हो।
मृतकलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि शनिबार कोशी कोभिड उपचार केन्द्र ल्याइएको उपचार केन्द्रका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए।