रौतहटको राजपुरको सामूहिक हत्या काण्डमा संलग्न मध्ये थप एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनी छन्।
प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए। भारतबाट नेपाल प्रवेश गरेको विशेष सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको उनले बताएका छन्। घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्री रहेको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको डीआईजी सिंहले बताए।
स्थित शेख ईद्रिशको गोठघरमा करिब एक दर्जनका व्यक्तिको ज्यान जाने गरी भएको विस्फोटनको घटनामा संलग्न फरार रहँदै आएका एक अभियुक्तलाई भारतीय टाक्सफोर्सको सहयोगमा नेपाल प्रहरीले सीमापारिबाट पक्राउ गरेको छ।
२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ साँझ साढे ६ बजे २०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ साँझ साढे ६ बजे राजपुर ४ स्थित रौतहटको राजपुर नगरपालिका–४ स्थित शेख ईद्रिशको गोठघरमा करिब दुई जनाको मृत्यु र डेढ दर्जन व्यक्ति घाईते भएका थिए। घाइते तथा मृतकहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन्।
सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनीलाई पनि प्रतिवादी बनाइएको छ। पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २–३ जना र घाइते भएका १५/१६ जनालाई ट्याक्टरमा राखेर इँटा भट्टाको मुग्रोमा हालेको स्वीकार गरेको बयान दिएका डीआईजी सिंहले बताए।
बम विस्फोटमा जाहेरबाला श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते र २–३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।
सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका–७ स्थित नेपाल÷भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको डिआइजी सिंहले बताए।
प्रहरी सूत्रकाअनुसार आलम पक्राउ परेपछि सहनी फरार भई भारतको मुझपरपुर क्षेत्रमा लुकिछिपि बस्दै आएका थिए। सहनीलाई भारतीय प्रहरीको स्पेशल टास्कफोर्सको सहयोगमा शुक्रबार साँझ मुझपरपुरबाटै पक्राउ गरी ल्याइएको प्रहरी उच्च स्रोतले बतायो।