प्रदेश २ः एकपछि अर्को जिल्ला कोरोना ‘हटस्पट’
१६ असोज २०७७
•
४ मिनेट पाठ
प्रदेश २ः एकपछि अर्को जिल्ला कोरोना ‘हटस्पट’
एक महिनाअघिसम्म(भदौ १४ सम्म) प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए । अहिले ती सबै जिल्लाको ‘हटस्पट’ ट्याग हटेर सिरहामा झुन्डिएको छ ।  




पछिल्लो एक महिनायता यस प्रदेशका बाँकी जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दै गएपनि सिरहामा बढ्दै गएको तथ्यांकले देखाउँछ ।

भदौ १ गत्ते सबैभन्दा बढी सक्रिय संक्रमित पर्सा जिल्लामा एक हजार २ सय ८१ थियो । बारामा चार सय ८३, रौतहटमा आठ सय १९, सर्लाहीमा सात सय २६, महोत्तरीमा आठ सय २७, धनुषामा छ सय ४३, सिरहामा एक सय ५३ र सप्तरीमा एक सय ८९ सक्रिय संक्रमित थिए ।

एक महिनापछि शुक्रबारको तथ्यांकअनुसार सबैभन्दा बढी सक्रिय संक्रमित सिरहामा सात सय ४७ छन । सप्तरीमा दुई सय ४७, धनुषामा चार सय ३३, महोत्तरीमा तीन सय ५०, सर्लाहीमा पाँच सय ५१, रौतहटमा तीन सय ७७, बारामा एक सय ३३ र पर्सामा एक सय ४ जना सक्रिय संक्रमित रहेको तथ्यांक छ ।

यस अवधिमा पर्सामा चार सय ५१ जना, बारामा बाह्रसय ४४ जना, रौतहटमा दुई सय ८१ जना, सर्लाहीमा चार सय ६३ जना, महोत्तरीमा एक सय ९७ जना, धनुषामा चार सय २० जना, सिरहामा आठ सय ७९ जना र सप्तरीमा चार सय ८५ जना संक्रमित थपिएका छन ।

यस प्रदेशमा सुरक्षाकर्मी, नेपाली सेना, कैदीवन्दी, कर्मचारी, व्यपारी, चिकित्सक, कर्मचारी, जनप्रतिनिधि समुदायका मानिस, स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

एक महिनापछि हटस्पटका जिल्लाहरुमध्ये पनि संक्रमणको भयावह मार झेलिरहेको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका ग्रीन जोनउन्नमुख छ । स्वास्थ्य मन्त्रालयका अनुसार ‘ग्रीन जोन’ भन्नाले सुरक्षित स्थानलाई जनाउँछ । अर्थात् एक महिनासम्म नयाँ संक्रमित नभेटिएको ठाउँ ‘ग्रीन जोन’ हुने भनिएको छ ।  

वीरगन्ज महानगरलाई ‘हटस्पट’ भयावह अवस्थाबाट समान्यतर्फ ल्याउनमा सिडिओ आस्मान तामाङको नीति र महानगरपालिकाको सहयोगले काम गरेको छ ।  

रौतहट जिल्लालाई हटस्पटबाट समान्यतर्फ डोर्याउन पनि प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको नीति र स्थानीय तहको सहयोगले काम गरेको छ । वीरगन्ज र रौतहटलाई संक्रमणको उच्च जोखिमबाट यो अवस्थामा ल्याइपु¥याउन सिडिओ तामाङ र यादवले परीक्षण, पहिचान र सीमामा गरिएको कडाइलाई कारण मान्छन् ।

संक्रमणलाई नियन्त्रणको स्थितिमा ल्याउन सबैभन्दा मुख्य काम नै भारतीय सीमामा हुने आवतजावतलाई कडाइ गर्नु रहेको उनीहरुको भनाई छ । संक्रमण नियन्त्रण गर्ने पहिलो रणनीति नै सीमा कडाइ गर्नु रहेको उनीहरुले जनाए । सरकारले अन्तर्राष्ट्रिय सीमालाई कात्तिक ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।  

पहिलो प्राथमिकता सीमालाई कडाइ दोस्रो संक्रमितको पहिचान र परीक्षण रहेको प्रजिअ यादवले बताए । सावधानी र कडाई अपनाएकै कारण यी जिल्लामा संक्रमण दर तीन अंकबाट दुई अंकमा झरेको छ । यी जिल्लामा थपिने संक्रमितको संख्या प्रायः एक अंकमा हुन्छ ।  

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रयाइँ भएको जानकारहरु बताउँछन ।

सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको लहान नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर यादवले बताए । सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लो समय बढ्दै गएको संक्रमितको संख्या हो, उनले भने ।  

गाउँदेखि सहरसम्म समुदायस्तरमै संक्रमण फैलिरहँदा प्रमुख जिल्ला अधिकारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनतर्फ गम्भीर देखिदैन । दैनिकजसो जिल्ला संकट व्यवसथापन केन्द्रको बैठक बसेर निर्णय गरेपनि त्यसको कार्यान्वयन भएको पाइदैन । जिल्लामा सातसय भन्दा बढी सक्रिय संक्रमित हुँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई नअपनाईनु बिडम्बना भएको सीरहाका बुद्धिजीबी अजय यादवको भनाई छ ।

संक्रमित संख्या १३६९०, निको हुने १०९७७

शुक्रबार प्रदेश २ मा ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन भने चार सय ६ जना डिस्चार्ज भएका छन । यससँगै संक्रमितको कूल संख्या १३ हजार ६ सय ११ पुगेको छ । निको हुनेको संख्या १ हजार ९ सय ७७ पुगेको छ ।  

शुक्रबार धनुषामा ३, महोत्तरीमा १, सर्लाहीमा १, रौतहटमा १, बारामा १०, पर्सामा २४, सिरहामा ८ र सप्तरीमा २८ जना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सप्तरी र सिरहाका दुई जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सिरहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको विराटनगर स्थित बिराट टिचिङ्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सप्तरीको विष्णपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको नोबेल मेडिकल कजेल एण्ड टिचिङ्ग अस्पतालमा उपचारको क्रममा मृृत्यु भएको छ । यससँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ । 

सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८ जना, रौतहटमा ७ जना, सर्लाहीमा ७ जना, महेत्तरीमा १५ जना, धनुषामा १६ जना, सिरहामा १४ जना र सप्तरीमा १६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस