गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित भएको छ। गण्डकी प्रदेश सभाको बुधबारको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रदेश प्रहरीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। विधेयक पारित भएर ऐन बनेसँगै गण्डकी प्रदेशमा प्रदेश प्रहरी संगठन निर्माण गर्ने बाटो खुलेको छ। बुधबार पारित विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि लागू हुने प्रावधान रहेको छ।
यसअघि जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश प्रहरीको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक संसोधन गर्न राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। सांसद आचार्यले प्रहरी विधेयकमा संघीयताप्रति प्रहरी संगठन उत्तरदायी हुनुपर्ने, प्रहरी संगठनमा ३३ प्रतिशत महिला प्रहरीको ग्यारेन्टी गर्नुपर्ने तथा छुट्टै महिला सेल राख्नुपर्ने र दलितलाई प्राथमिकता दिइनुपर्नेलगायतका ३ बुँदे संसोधन प्रस्ताव राखेका थिए। निर्णयार्थ प्रस्तुत गर्नुअघि सभामुख नेत्रनाथ अधिकारीले सो प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि आचार्यले अस्वीकार गरेपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको थियो।
विधेयक पारित गर्नुअघि प्रदेश प्रहरीको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि बुधबार संसदमा दफावार छलफल भएको थियो। दफावार छलफलमा भाग लिदै सांसदहरुले प्रहरी प्रहरी विधेयक संघीयता कार्यान्वयनको कडी भएको भन्दै यसको सफल कार्यान्वयनमा जोड दिए।
छलफलमा भाग लिदै प्रदेश सभा सदस्य दीपक कोइरालाले संघीयतामाथि प्रश्न उठिरहेका बेला बनेको प्रहरी विधेयकले संघीयतामाथि प्रश्न गर्नेहरुलाई मुखतोड जवाफ दिने बताए। प्रदेश प्रहरी विधेयकले संघीयताको औचित्य पुष्टि गर्छ,‘उनले भने,‘यो कार्यान्वयनमा आएपछि प्रदेश सरकार रुपमा मात्र होइन साँच्चिकै प्रदेश सरकार छ भन्ने प्रमाणित गर्छ।’ उनले प्रहरीविरुद्ध नागरिकले उजुरी गर्ने प्रावधान विधेयकमा राखेर प्रहरीलाई नागरिकसँग जोडेको पाइएको बताए।
कास्कीका सांसद कृष्णबहादुर थापाले प्रदेश प्रहरी विधेयक संघीयता कार्यान्वयनको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। सांसद डोबाटे विश्वकर्माले प्रहरी विधेयक जातिय विभेद तोडेने गरि आएपनि कार्यान्वयन कस्तो हुन्छ भनेर हेर्न बाँकी रहेको टिप्पणी गरे।
सांसद खिम विक्रम शाहीले प्रदेश प्रहरी सरुवा बढुवा निश्पक्ष हुने ग्यारेन्टी गर्नुपर्ने बताए। बागलुङका सांसद कृष्ण थापाले संघीय प्रहरी र प्रदेश प्रहरी दुबै चलाउने प्रमुख जिल्ला अधिकारी नै हुँदा त्यसले संघीयताको औचित्यमाथि प्रश्न उठ्ने बताए।
दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रहरी संगठन समावेशी र तटस्थ हुने बताए। यो विधेयक सबैभन्दा महत्वपूर्ण विधेयक हो, उनले भने,‘शुरुदेखि नै संघीयता कार्यान्वयन गर्दै आएका थियौं र छौं, तर यो विधेयक संघीयता कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण विधेयक हो।’
यो विधेयकले प्रदेश सभा र प्रदेश सरकारकोसमेत गरिमा बढाएको उल्लेख गर्दै प्रदेश प्रहरी जनताप्रति उत्तरदायी र नागरिकमुखी भएको बताए।