बाँकेमा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ। कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो। कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको छ।
यसैक्रममा मंगलबार एकैदिन बाँकेका २ जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी ५३ वर्षीय र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ रानी तलाउ निवासी ३९ वर्षीय पुरुषको मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार ५३ वर्षीय पुरुषलाई स्वास्थ्य समस्या आएपछि यही असोज ४ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो। कोरोना भाइरसको आशंकामा भोली पल्ट स्वाब संकलन गरी पिसिआर जाँचका लागि पठाइएकोमा असोज ६ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि उपचार गराइरहेका उनलाई प्लाज्मा थेरापी र रेम्डेसिभर गरी भेन्टिलेटरमा राखिएकोमा मंगलबार बिहान ४ः१५ बजे मृत्यु भयो। मृतकलाई केही समयदेखि मधुमेह सम्बन्धी समस्या रहेको बताइएको छ।
यस्तै नेपालगन्ज ७ निवासी ३९ वर्षीय पुरुषको गत भदौं ३१ गते स्वाब संकलन गरिएकोमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएपछि सोहीदिन बेलुकी अस्पताल भर्ना भएका उनको पनि मंगलबार बिहान ३ः३० बजेतिर मृत्यु भएको अस्प्तालले जनाएको छ। एकैदिन २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि बाँकेबासी त्रसित बनेका छन्। यद्यपी, बजारमा आवत–जावत र किनमेल गर्ने सर्वसाधारणको भिडभाड भने यथावत देखिन्छ।
दिनहुँ कोरोना संक्रमित र मृतकको संख्या बढेपनि सर्वसाधारणले सुरक्षा सावधानी अपनाएका छैनन्। जिल्ला कोडिभ ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार २ सहित मंगलबारसम्म बाँकेमा मृत्यु हुनेको संख्या १५ पुगेको छ। मंगलबार भेरी अस्पतालको पिसिआर ल्याबबाट ११ र बागेश्वरी ल्याबबाट २ गरी १३ जना नयाँ संक्रमित फेला परेका छन्। जिल्लामा अहिलेसम्म १ हजार ८ सय ७३ जना पोजेटिभ भएका छन्, भने ३ सय ५१ जना आइसोलेसनमा र १ हजार ५ सय ७ जना निको भइसकेका छन्।
बाँकेमा कोरोना संक्रमित र मृतकको संख्या झन् बढ्न थालेपछि सुरक्षा सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमार्फत अपिल गरिरहेका छन्। यहाँका अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी समेत संक्रमित भइरहेका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेका हुन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएकाले निकै भयावह स्थिती रहेको बताए। ‘स्थिती एकदमै भयावह छ,’ उनले नागरिकसँग भने ‘संक्रमितको संख्या बढ्दै गएको हुँदा हामीले दसै अगाडीसम्म ५ सय बेडको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाउने लक्ष्य राखेका छौं, एक सय बेडसम्मको बनाएपनि ठूलो उपलब्धी हुनेछ।’ प्रजिअ कुरुङवाङका अनुसार जिल्लामा अहिलेसम्म अक्सिजनसहितको १ सय ७२ बेड क्षमताको आइसोलेसन रहेको छ।