पछिल्लो २४ घण्टामा ३ जना कोरोना भाइरस संक्रमितको प्रदेश १ मा मृत्यु भएको छ। मंगलबार प्रदेशमा १ सय २२ जना संक्रमित थपिँदा १ सय ६६ जना डिस्चार्ज भएका छन्।
झापा, मोरङ र सुनसरीका १–१ जना संक्रमित पुरुषको मृत्यु भएको छ भने हालसम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन्।
मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ६१ जनामध्ये २९ महिला र ३२ पुरुषमा संक्रमण देखिएको छ। मोरङकै कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैँचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहबीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय ४१ पुगेको छ।
प्रदेशको विभिन्न आइसोलेसनबाट १ सय ६६ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १ सय ६०, रुम्झाटार आइसोलेसन केन्द्र ओखलढुंगाबाट ३, विराट मेडिकल कलेज बुढीगंगाबाट २, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ।
प्रदेशमा मंगलबार ८ सय ६२ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख २२ हजार ७ सय ७४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।