पोखरा लेडी जेसिजले कोरोना कहरकाबीच जेसीज सप्ताह मनाउने भएको छ। जेसीज सप्ताहलाई आफ्नो महत्वपूर्ण चाँडका रुपमा मनाउने गरेको पोखरा लेडी जेसिजले कोरोना कहरकाबीच यहि असोज ५ गतेदेखि ११ गतेसम्म जेसिज सप्ताह मनाउने जनाएको हो। पोखरा लेडी जेसीजले अधिकांश कार्यक्रम अनलाईनमार्फत गर्ने जनाएको छ भने केहि कार्यक्रम सामाजिक दूरी कायम गरेर भौतिक रुपमा उपस्थित भएरै गर्ने आईतबार जुममार्फत गरिएको अनलाईन पत्रकार भेटघाट गरि जानकारी गराएको हो।
जेसीज सप्ताहको पहिलो दिन असोज ५ गते जेसीज सप्ताहको उद्घाटन कार्यक्रम राखिएको छ। जुन जुममार्फत हुने पोखरा लेडी जेसीजका अध्यक्ष जेसी शोभा भूजेलले जानकारी दिईन्। उद्घाटनको अवसरमा ‘समृद्धीका लागि प्रभावकारी नेतृत्व’ विषयक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने जनाइएको छ। प्रतियोगिता जुममार्फत हुने अध्यक्ष भूजेलले बताइन्।
जेसीज सप्ताहको दोश्रो दिन पोखरा–१८ सेदीबगरमा रहेको बाल सुधार गृहमा सहयोग हस्तान्तरण कार्यक्रम राखिएको छ भने तेश्रो दिन जुममार्फत महिला दिदीबहिनीहरुलाई लक्षित गरि सीपमूलक तालिम सञ्चालन गरिने अध्यक्ष भूजेलले जानकारी दिईन्।
सप्ताहको चौथो दिन मन्टेश्वरी स्तरिय चित्रकला प्रतियोगिता आयोजना गरिने भएको छ। कार्यक्रम पोखरा–६ जरेबरस्थित क्रिष्टल मन्टेश्वरीमा हुने उनले बताइन्। सप्ताहको पाचौं दिन जुममार्फत ‘समृद्धीको रहर, कोरोना कहर’ विषयक अन्र्तक्रिया कार्यक्रम गरिने भएको छ भने छैटौं दिन पोखरा–३० मोहोरियाटोलस्थित सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथमा आइसोलेसनमा रहेर उपचाररत कोरोना संक्रमितहरुलाई सामग्री वितरण गरिने जनाइएको छ।
सप्ताहको सातौं तथा अन्तिम दिन नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री वितरण गरिने र सोहि दिन साँझ जेसीज सप्ताह समापन कार्यक्रम रहेको अध्यक्ष भूजेलले जानकारी दिइन्।
सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्येक कार्यक्रमको संयोजक तोकिएको कार्यक्रम मूल संयोजक तथा पोखरा लेडी जेसीजकी उपाध्यक्ष जेसी सुनिता थापाले जानकारी दिईन्।
समाज रुपान्तरणबाट मात्र देशमा परिवर्तन संस्थागत गर्दै विकास र समृद्धी ल्याउन सकिने भएकाले सो कार्यका लागि सघाउन जेसीज सप्ताहमार्फत विविध कार्यक्रम गर्ने जमर्को गरिएको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी शोभा भूजेलले बताईन्।