निषेधाज्ञाका कारण बन्द रहेको वीरगन्ज बजार साढे पाँच महिनापछि खुलेको छ। कोरोना भाइरस संक्रमणको नियन्त्रणको लागि भनेर करिब ४ महिना लामो गत चैत ११ देखि साउन ७ सम्म ‘लकडाउन’ थियो। ‘लकडाउन’ सकिएर बजार खुल्न थालेको ३ दिन नबित्दै साउन १० देखि वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा सुरु भएर थप डेढ महिना ठप्प भयो।
बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार यहाँ बजार नियमन गर्दै स्थानीय प्रसाशनले खुल्न दिएको हो। यसअघि पनि स्थानीय प्रसाशनले भदौ १९ देखि आलोपालो र भदौ २५ देखि निर्धारित सामयमा बजार खुल्न दिए पनि यातायात संचालनमा रोक भएको कारण बजारमा असर परेकाे थियो। जिल्ला प्रशासन कार्यालयले निर्णयहरु सार्वजनिक गरेपछि बिहीबार बजार र यातायात खुलेको छ। कोभिड संक्रमणकाे रोकथाम र नियन्त्रणका लागि सचेतामुलक गतिबिधि र अभियानहरुलाई अघि सारिएको छ।
राजनीतिक दल, कोभिड एक्सन टिम, सञ्चारकर्मी, समुदाय प्रहरी लगायतको साझेदारीमा चेतना जगाउने कार्यहरु सञ्चालन गर्ने निर्णय भएको सूचनामा जनाइएको छ। संक्रमण फैलिन नदिन सार्वजनिक स्थानहरुमा मास्क नलगाई आवतजावत गर्नेलाई तत्कालै कारबाही गर्ने निर्णय भएको छ। शनिबार र अन्य सार्वजनिक विदाका दिन अनावश्यक आवतजावतलाई रोक्न सहरका मुख्य चोकहरुमा हिडडुल नियन्त्रण गर्ने जनाइएको छ। सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्ने गरी निजी तथा सार्वजनिक सवारीका साधन संचालनका लागि बुधबारदेखि अनुमति दिइएको छ।
‘बजार खुलेको छ, तर ब्यापार भने छैन। संगसंगै फेरि कोरोना संक्रमणको अवस्था फर्कियो भने निषेधाज्ञा थप्न सक्ने भएकाले पसलहरुमा नयाँ माल समान भित्र्याउन जोखिम पनि छ,’ ब्यवसायि बिजय कालवारले भने, ‘बजार खुल्ने र जनजीवन समान्य हुने कुरा मानिसहरुको सतर्कता र सावधानीमा निर्भर रहेको देख्छु म।’ मास्क लगाउने र भौतिक दूरी बनाई राख्ने जस्ता सावधानी अपनाउनु पर्नेमा ब्यवसायिहरु सचेत पनि देखिन्छन्।
त्यसतै निजी तथा सरकारी विद्यालयहरुमा सञ्चालित क्वारेन्टिन तथा आइसोलेसनलाई अन्यत्र व्यवस्थापन गरेर विद्यालय संचालनका लागि केन्द्रीय संकट व्यवस्थाप केन्द्रलाई अनुरोध गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी गराए।
निषेधाज्ञा खुकुलो रुपमा कायमै
जिल्ला सुरक्षा समितिको निर्णयले खुकुलो किसिमको निषेधाज्ञा असोज १५ गते मध्यरातसम्म महानगरपालिका क्षेत्रमा रहने भएको छ। यस अनुसार बजार खुले पनि त्यसको लागि समय निर्धारण गरिएको छ। बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म मात्र पसलहरु संचालन हुन पाउने भएको छ। पर्सा जिल्लामा संक्रमणको बढ्दो क्रम नियन्त्रण भएर नयाँ संक्रमितहरुको संख्या घटेको छ। बजारमा भिडभाड रोक्न, मास्क नलगाउने र भौतिक दूरी पालना लगायतको सावधानी कायम गराउन निषेधाज्ञा भने निरन्ताता दिइएको छ।
गत चैत ३० मा वीरगन्जमा मुस्लिम धर्मप्रचारक रहेका ३ जना भारतीय नागरिकमा संक्रमण भेटिएको थियो। त्यसपछि बैशाखमा संक्रमण बढ्दै गयो। त्यतिबेला संख्या थोरै रहेकोले कन्ट्याक्ट ट्रेसिङ्गबाट संक्रमितहरुलाई पत्ता लगाएर आइसोलेसनमा राख्ने काम भयो। जेठको मध्यमा आइसोलेसन खाली नै भयो। असारको अन्तिमतिर सशुल्क पिसिआर जाँच गराउनेहरु समुदायबाट संक्रमितहरु फेला पर्न सुरु भए। साउनमा वीरगन्जमा दोस्रो संक्रमणको धेरै घट्ना भयो। संक्रमण बढेपछि स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि साउन १० गतेबाट वीरगन्जमा निषेधाज्ञा लगायो।
पछिल्लो पटक २ सय ९० जनाको स्वाब जाँच गर्दा १९ जनाका कोरोना संक्रमण भेंटिएको छ। हालसम्म २ हजार ४ सय ७५ संक्रमित छन्। जसमध्ये करिब साढे १८ सय जना संक्रमणमुक्त भइसकेका छन्।