खानेपानीमा स्वच्छता कायम गर्न उच्च अदालत पोखराको अन्तरिम आदेश
३० भदौ २०७७
•
३ मिनेट पाठ
खानेपानीमा स्वच्छता कायम गर्न उच्च अदालत पोखराको अन्तरिम आदेश
पोखरा रामबजारको गौरीमार्गस्थित एक सेवाग्राहीको घरमा जोडिएको धारामा नेपाल खानेपानी संस्थान, पोखराले वितरण गरेको पाईपबाट आएको लेदो पानी । तस्बिर : उमेश पुन/नागरिक
उच्च अदालत पोखराले नेपाल खानेपानी संस्थानलाई स्वच्छ पानी उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ। खानेपानी संस्थानले पोखरामा वितरण गरेको पानी पिउन योग्न नभएको भन्दै पोखरेली उपभोक्ताको घरमा आउने पानी वितरणमा रोक लगाउन माग गर्दै अधिवक्ता मिनाकुमारी रानाभाटले दायर गरेको रिटमा सोमबार सुनुवाई गर्दै उच्च अदालत पोखराका न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र विनोदमोहन आचार्यको संयुक्त ईजलासले खानेपानी संस्थानलाई खानेपानीको स्वच्छता कायम गर्न आदेश जारी गरेको हो।




आदेशमा भनिएको छ,‘स्वच्छ खानेपानी मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित भएकोसमेत आधारमा मर्दीखोला खानेपानीको मुहान फोहोर मैला, हिलो मिसिएको पानी, चौपाया आहाल बस्ने, मानव दिशापिसाबलगायत प्रदूषित कार्य गर्ने गराउनेलगायतका मानवीय गतिविधिमा निगरानी गरी, रोकी तात्कालिक अवस्थामा गर्नसक्ने सम्भव भएसम्मको यथोचित प्रभावकारी रुपमा ब्यवस्थापन गर्न बिपक्षीको नाममा आदेश गरिन्छ।’  

साथै खानेपानी संस्थान पोखरालाई आफूले वितरण गरेको खानेपानी पिउन योग्य छ कि छैन भनेर खानेपानीको स्वच्छता पत्ता लगाउन ल्याव परीक्षण गरेर सोको प्रतिवेदन पेशीका दिन पेश गर्न आदेश दिएको छ।

अदालतले जारी गरेको आदेशानुसार खानेपानी संस्थानले खानेपानीमा स्वच्छता कायम गरे/नगरेको तथा खानेपानीको मुहानको अवस्था के कस्तो छ ? सो को अनुगमन नियमित रुपमा गरी प्रतिवेदन पेशीका दिन पेश गर्न पोखरा महानगरपालिका र गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिइएको छ।

यसअघि भदौ १७ गते अधिवक्ता मिनाकुमारी रानाभाटले नेपाल खानेपानी संस्था, पोखराले पोखरा नगर क्षेत्रमा वितरण गरेको खानेपानीको धारामा हिलो मिसिएको लेदो, पातपतिङ्गरका टुक्रा, गँड्यौलासमेत आने भई प्रदूषणयुक्त पानी धारामा आउने भएकाले प्रदूषित पानी आपूर्ती नगर्न÷नगराउन माग गर्दै अन्तरिम आदेशको माग गरेकी थिईन्।

सो मुद्दाको पक्षमा सोमबार बरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ताहरु रोहितराज बास्तोला, बिनोद रेग्मी, शालिग्राम भट्टराई, उत्तम केसी र मीनाकुमारी रानाभाटले बहस गरेका थिए। बिपक्षी खानेपानी संस्थानको तर्फबाट भने अधिवक्ता रामचन्द्र न्यौपाने, पोखरा महानगरपालिकाको तर्फबाट अधिवक्ता कमलप्रसाद अर्याल र भौतिक पूर्वाधार मन्त्रालयका तर्फबाट उपन्यायाधिवक्ता दयाशंकर अधिकारीले बहस गरेका थिए।

नेपालको संविधानले स्वास्थ्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनेको छ। तर खानेपानी संस्थान, पोखराले वितरण गर्ने खानेपानी बर्खा याममा हरेक वर्ष लेदो आउने गरेको छ। आधुनिक फिल्टर राखेर पानी प्रशोधन नगरी पाईपमार्फत घर/घरमा पानी पठाउँदा पोखरेली नागरिक बर्खायामको जेठदेखि भदौसम्म करीब ४ महिना लेदो पानी पिउन बाध्य छन्। यद्वपी जाईकाको सहयोगमा संस्थानले पोखरा खानेपानी सुधार आयोजनाको काम गरिरहेको छ।  

२०७९ साल मंसीरसम्ममा निर्माण सम्पन्न गरेर धाराबाटै पिउन मिल्ने पानी वितरण गर्ने योजना अन्तर्गत काम भइरहेपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरसका कारण काममा सुस्सता आएकाले तोकिएको समयभन्दा केहि ढिलाई हुनसक्ने अनुमान गरिएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस