बर्दियाको बबई नदीमा शनिबार दिउँसो एक जना बेपत्ता भएका छन्। गुलरिया नगरपालिका वडा नं. ५ का २२ वर्षीय सनी थारु नदीमा बेपत्ता भएका हुन्।
नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थारुको खोजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् तालिम प्राप्त टोली बोटसहित परिचालित छन्। सशस्त्र प्रहरीले खोजी कार्य तीव्र पारेको एसपि एनबि रावतले बताए।