कर्णाली शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ९ जना, कालीकोट र सल्यानका दुई/दुई, दैलेखका ३, जुम्ला र बर्दियाका चार/चार, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, काठमाडौं, ताप्लेजुङ, ललितपुर र गुल्मीका एक/एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए।
कर्णालीमा शुक्रबार ३ सय ४३ जनाको कोरोना परीक्षण गरिएको थियो। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा दुई सय २४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २७, दैलेख अस्पतालमा २६ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा ६६ जनाको स्वाब परीक्षण गरिएको उनको भनाइ छ। कर्णालीमा शुक्रबार तीन सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये ३० जनामा कोरोना संक्रमण देखिएको छ।
हालसम्म कर्णालीमा ६६ हजार दुई सय ५७ जनाको पिसिआर परीक्षण गरिएको छ। जसमध्ये दुई हजार सात सय ५५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै कोरोना संक्रमित भएका दुई हजार तीन सय ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन सय ३८ जना उपचार गराइरहेका छन्। कोरोना भाइरसका कारण हालसम्म कर्णालीमा ६ जनाको मृत्यु भएको छ।