गोरखामा निषेधाज्ञा भदौं ३१ गतेसम्म थपिएको छ। पछिल्लो पटक आज शुक्रबार राती १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञा गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको र कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट आउन बाँकी रहेकाले थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कोभिड १९ नियन्त्रण रोकथाम व्यवस्थापन केन्द्र (सिसिएमसी)को आज भएको भर्चुअल बैठकले तत्कालका लागि निषेधाज्ञा कायम राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले बताए। जिल्ला प्रशासन कार्यालयको कर्मचारीमा कोरोना देखिएपछि बैठक भर्चुअल गरिएको हो।
अहिले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई आफैँ क्वारेन्टिनमा छन्। खाद्यान्न, औषधि पसल बाहेकका अन्य पसल बन्द रहनेछ भने सरकारी कार्यालयको सेवा, यातायात पनि पूर्ण रुपमा बन्द रहने सूचना अधिकारी रोकाले बताए। असोज १ गतेदेखि भने खुलाउने तयारी रहेको छ।