बुटवलको कोरोना विशेष अस्पतलामा उपचारत नवलपरासीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको सघन उपचार कक्षमा उपचाररत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ का ५५ वर्षे पुरुषको आज मृत्यु भएको हो।
भदौ १९ गतेदेखि कोभिड अस्पतालको आइसीयुमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। डा. गौतमका अनुसार उनलाई मधुमेह, उच्च रक्तचाप र कलेजोको समस्या थियो।
यससंगै नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।