बिहीबार प्रदेश २ मा थपिएका संक्रमित भन्दा दोब्बर निको भएर घर फर्केका छन्। एक सय २६ जना कोरोना संक्रमित थपिएका छन् भने तीन सय ६ जना निको भएर घर फर्केका छन्।
सामाजिक विकास मन्त्रालयकाअनुसार बिहीबार पर्सामा ९, बारामा १५, रौतहटमा २, सर्लाहीमा ४२ जना, धनुषामा २२, सिरहामा २१, सप्तरीमा १५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ६ सय ६५ पुगेको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारामा २ सय ८ जना डिस्चार्ज भएका छन्। त्यस्तै पर्सामा ८६, धनुषामा ८, सप्तरीमा ३ र सिरहामा १ जना संक्रमित निको भएर घर फर्केका छन्। यससँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार दुई सय ४७ पुगेको छ।
कोरोना संक्रमणबाट आज धनुषामा एकजनाको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीको कोरोनाबाट मृत्यु भएको छ।
प्रादेशिक अस्पतालका अनुसार धनुषाको औरही गाउँपालिका–१ पुरनदैयाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो। बुधबार साँझ उनको पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। यससँगै धनुषामा कोरोना संक्रमणबाट मृतकको संख्या १३ पुगेको छ।
यस प्रदेशमा १ सय ७ जना कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ। पर्सामा ३९ जना, बारामा १६, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको मृत्यु भएको छ।