सधैं हिलाम्य र धुलाम्य हुने घर अगाडीको सडक पक्की(पिसिसी) हुँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा, प्रेमनगरका तेजकुमार थापाको मनमा खुसी छायो। तर, नवनिर्मित सडकका बीचमा छाडिएका विद्युत पोल देखेर उनको मन खिन्न भइरहेको छ। ‘घर अगाडी सडक पक्की त बन्यो, सडकमा पोलहरु अझै ठडिएका छन्,’ थापाले नागरिकसँग भने ‘कुनै दिन यि पोलले सडक दुर्घटना गराउने बेर छैन।’
उनको टोलमा गतवर्ष ३ मिटर चौडाइमा रहेका दुई वटा सडकमा पिसिसी गरिएको थियो। दुबै सडकको बीच भागमा दुई वटा विद्युतका पोल परेपनि अहिलेसम्म हटाउन कसैले चासो नदिएको थापा सुनाउँछन्। उनी भन्छन्, ‘सडक बनाउँदा पोल किन हटाएनन्, अब कहिलेसम्म हटाउँछन्, यसबारे हामीलाई कुनै जानकारी छैन।’ विद्युतको पोल बीच बाटोमा परेका कारण आवत–जावत गर्न धेरै समस्या भइरहेको बताए।
सोही वडाको पानी ट्यांकी टोलमा पनि गतवर्ष पिसिसी निर्माण गरियो। कुल लागत खर्च मध्ये स्थानीयले २० प्रतिशत योगदानमा पिसिसी सडक तयार गरे। तर, दुई वटा विद्युत पोललाई सडकको बीचमै छाडियो। अहिले पनि विद्युतका पोल सडकमै ठडिएका छन्। उक्त सडक निर्माणको नेतृत्व गरेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष नारायणप्रकाश मल्ल भन्छन्, ‘सडक सधै हिलाम्य हुन्थ्यो, धेरै ठाउँमा पहल गरेर सडक पिसिसी गरियो, तर बत्तीको पोल हटाउन नसकेनौं, सबै कुरा वडा कार्यालयलाई थाहा छ।’
करिव डेढ वर्षअघि राँझा ब्यारेक छेउमै रहेको आनन्द टोलमा निर्माण गरिएको १ सय १० मिटर लामो पिसिसी सडकको अवस्था पनि उस्तै छ। एक त ३ मिटर चौडाईमा रहेको साँघुरो सडक, त्यसमा पनि सडक क्षेत्रमै विद्युतको पोल हुँदा अहिलेसम्म यो सडकमा मोटरसाइकल बाहेक अन्य सवारी साधन चल्न सकेका छैनन्। टोलका स्थानीय एवम् सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष राजेन्द्र शाही विद्युत पोल भएका कारण सडकमा ठूला सवारी साधन गुड्न नसकेको बताउँछन्। ‘सडक निर्माणका लागि उपभोक्ता समिति बन्यो, वडाले दिएको पाँच लाख बाहेक प्रत्येक घरधुरीले ९ हजार रुपैयाँको दरले संकलन गरेका थियौं,’ उनले भने ‘साँघुरो सडकमा बत्तीको पोल भएपछि झन् समस्या भयो।’
यि त केही उदाहरण मात्रै हुन्। नेपालगन्ज उपमहानगरपालिको अधिकांश वडामा निर्मित सडकका बीचमा विद्युतका पोल यत्रतत्र छाडिएका छन्। एशियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा उपमहानगरपालिकामा सञ्चालित शहरी विकास आयोजनाको बजेटबाट सडक निर्माण गर्ने क्रममा विद्युत पोलको व्यवस्थापन नगरिदा दुर्घटनाको जोखिम बढाएको हो। विद्युत पोल व्यवस्थापनका विषयमा उपमहानगरपालिका कार्यालय, वडा कार्यालय र विद्युत प्राधिकरणको भने आ–आफ्नै तर्क छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष कृष्ण कार्की सडक निर्माण गर्ने क्रममै पोल सार्नका लागि प्राधिकरणलाई पटक–पटक पत्राचार र मौखिक अनुरोध गर्दापनि चासो नदिएको जिकिर गर्छन्। ‘विद्युतले वास्ता नगरेपछि विकास निर्माणलाई अवरोध गर्नुभन्दा बाटोमै पोलसहित पिसिसी र ग्राभेल गरेका हौं,’ उनले भने ‘हामीले विकास निर्माणलाई ठप्प पार्न सकेनौं, त्यो बजेटलाई फ्रिज हुन पनि दिएनौं।’ आयोजनाको ८० प्रतिशत र २० प्रतिशत उपभोक्ताको लागतमा वडामा पिसिसी निर्माण गरेको वडाध्यक्ष कार्कीले स्मरण गराए। उक्त वडामा एक दर्जन भन्दा बढी सडकमा विद्युत पोल हटाउनुपर्ने देखिएको उनले सुनाए। विद्युत पोल नहटाउँदा रातको समयमा चल्ने सवारी साधन पोलमा ठोक्किने खतरा रहेको बताए। उनले थपे, ‘हामीले पोल उखेलेर साईडमा राख्न पनि सक्दैनौं, तार छुने हामीलाई अधिकार पनि छैन।’
यता नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकले सडक निर्माण गर्ने क्रममा उपमहानगरपालिकाले प्राधिकरणसँग समन्वय नगरेका कारण यस्तो समस्या आएको आरोप लगाए। ‘पिसिसी गर्दाखेरी विद्युत प्राधिकरणसँग समन्वय गर्नुपथ्र्यो, तर उहाँहरुले आफ्नै तरिकाले काम गर्नुभयो,’ उनले भने ‘हामीले सडकको बीचमा कदापी पोल गाड्दैनौं, जहाँपनि सडक छेउमै पोल गाडिन्छ, उपमहानगरपालिकाले जथाभावी तरिकाले सडक बनाउँदा पोल बीचमा परेको हो।’ उपमहानगरपालिकाले आफ्नो मनोमानीले काम गर्दा यस्तो समस्या आएको मल्लिक बताउँँछन्।
उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले सडक क्षेत्रमा रहेका विद्युत पोल समयमा व्यवस्थापन हुन नसक्नुमा प्राधिकरणको कार्यशैलीमाथि निर्भर हुने बताए। ‘विद्युत प्राधिकरणले कुनै काम फटाफट गर्छ, कुनैमा चाही उसले केन्द्रबाट अनुमति लिनुपर्दो रहेछ,’ उनले भने ‘उपमहानगरका धेरै वडाका सडकमा विद्युत पोल व्यवस्थापन भएको छैन, कतै विद्युतले अल्छी गरेको, कतै ठेकेदारले पैसा नपाएर हटाउने काम रोकिएको छ।’