प्रदेश २ मा आइतबार पहिलो पटक संक्रमित भन्दा डिस्चार्ज हुने बढी छ्न्। यस प्रदेशमा ७९ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ४२ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा सात जना, महोत्तरीमा चार जना, बारामा दुई जना, पर्सामा २५ जना, सर्लाहीमा १६ जना, रौतहटमा सात जना र सप्तरीमा १८ जना संक्रमित थपिएका छन्। प्रदेशभर कुल संक्रमितको संख्या ११ हजार १४० पुगेको छ। तीमध्ये ५ हजार ७ सय ४४ जना कोरोनामुक्त भइसकेका छन्।
कोरोना संक्रमणबाट १ सय १ एक जनाको मृत्यु भएको छ। प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ९५ छन्।
यसैबीच आइतबार कोरोना संक्रमणबट महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ का ७८ वर्षीय वृद्धको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।