भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणको माग राख्दै गत वर्ष ३७ दिने रिले अनशन भयो। रिने अनशन बसेको एक वर्ष बित्दासम्म माग सम्बोधन नहुँदा यहाँका स्थानीय निरास छन्। गत वर्ष भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अघि पुल निर्माण संघर्ष समितिले अनशन थालेको थियो। लामो समय अनशन बस्दा पनि आफूहरुको माग प्रति सरकारले कुनै चासो नदिएकाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भन्दै रिले अनशन स्थगित गरिएको थियो।
सीमा नदी महाकालीमा पक्की पुल नहुँदा यहाँका स्थानीय सास्र्त भोग्दै आएका छन्। उद्योग वाणिज्य संघ, नागरिक समाज, विभिन्न संघसंस्थाको समन्वयमा संघर्ष समिति गठन गरी पक्की पुलको लागि आन्दोलन गरिएको थियो। अनशन लगायत पटकपटक मोटरेबल पुल निर्माणको लागि सरकारसँग माग राख्दै ज्ञापनपत्र बुझाउनुको साथै विभिन्न संघर्षका कार्यक्रम गरे पनि पुल निर्माणको लागि कुनै सुनुुवाइ नगरेको झुलाघाट पक्की पुल संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको पुरानो नाका लाघाटमा मोटर चल्ने पुल नहुँदा यहाँका स्थानीय सास्ती भोग्दै आएका छन्। लामो समयदेखि पक्की पुलको माग राख्दै आएका स्थानीय पुलको पहल नहुँदा यहाँको व्ययापार व्यवसाय अघि बढन नसेको उद्योग वाणिज्य संघका उपाध्यक्ष खेमानन्द भट्टले बताए।
करिब डेढ सय वर्ष अघि निर्माण गरिएको झोलुंगे पुलबाट आवतजावत भइरहेकाले सो ठाउँमा पक्की पुल निर्माणका सरकारले पहल चाल्नु पर्ने स्थानीय बताउँछन्। सीमा नाकामा पक्की पुल निर्माणका लागि बैतडी पुग्ने हरेक राजनीतिक दलका नेतादेखि सरकारका प्रमुखहरूले आश्वासन दिने गरेका छन्। जिल्ला पुग्ने हरेक प्रधानमन्त्रीदेखि उच्च तहका व्यक्तिले आश्वासन मात्र दिने गरेका छन्। मध्य पहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटमा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको गोठालापानीका होटल व्यवसायी हरिश जोशी बताउँछन्।
सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्धार हो। कर्णालीयता यातायातको सुविधा नपुगेको समयमा सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारणको राजधानी काठमाडौं र भारत पस्ने प्रमुख पुरानो नाका यही नै हो। झुलाघाटसम्म दुबै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि तदारुकता नदेखाउँदा भारतको उत्तराखण्ड राज्यका नागरिक समेत पीडित बनेको भारतीय सीमा बजार झुलाघाटका व्यापारी प्रमोद भट्टले बताए।
नेपालतर्फ जुलाघाट र भारततर्फ झुलाघाटले चिनिएको सीमा बजारको नाकामा पुल निर्माणको लागि २०५५ सालदेखि सर्वे मात्रै हुने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन्। सर्वे अनुसार भारत जोडने पुलको लम्बाइ एक सय ५ मिटर र चौडाइ ४ दशमलव २५ रहेको छ।
२०६३ सालमा पुलको डीपीआर समेत बनेको थियो। उक्त डीपीआर अनुसार साढे ६ करोड लागत लाग्ने अनुमान गरिएको थियो। दुबै देशको पहलमा बन्ने पुल भएकाले दुवै देशका उच्च स्तरीय छलफलबाट मात्रै काम अघि बढन भएकाले सरकारले पहल गर्नुपर्ने स्थानीयको माग छ।
उत्तराखण्ड राज्य सरकारले पनि सीमा नाकामा पुलको लागि पहल गर्दै आएको छ। तर केन्द्रीय सरकारको स्वीकृतीबाट मात्र पुल निर्माण प्रकृया अघि बढ्ने भएकाले दुवै देशका उच्चस्तरमै कुरा उठ्नु पर्ने गैसस महासंघ बैतडीका अध्यक्ष गोविन्दराज जोशीले बताए।
सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय धार्मिक स्थलमा भारतको उत्तराखण्ड राज्यबाट हजारौं पर्यटक आउने गरे पनि पुल नहुँदा सास्ती खेप्दै आएका छन्। पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा सुदूरका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायत जिल्लाका सर्वसाधारण उपचारका लागि भारतीय सहर जाने गरेका छन्। पुल नहुँदा बिरामीलाई बोकेर लैजानु पर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिका–५ का बिनोद चन्दले बताए। जिल्लाबाट मात्रै दैनिक दुई दर्जन बिरामी यही नाका भएर भारतको पिथौरागढ जाने गरेका छन्।
कोरोना भाइरसको कारण सीमा नाका बन्द हुँदा अहिले भने सीमा बजार सुनसान छ। हिड्न नसक्ने अंगभंग भएका बिरामी ओहोरदोहोरमा कठिनाइ हुने गरेको छ। जीर्ण पुल कतिखेर भाँचिने हो त्रासले दुबै देशका सीमाबासी त्रसित बन्ने गरेका छन्। बर्सेनि टालटुल पारेर झुलुंगे पुलबाट ओहोरदोहोर गर्ने गरेको झुलाघाटका व्यापारी रघुवीरसिंह थापाले बताए।
सीमा नाकामा पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नु पर्ने भएपछि सामान आयातनिर्यात पनि महंगोमा हुने गरेको व्यापारी बताउँछन्। प्रतिकिलो ८ रुपैयाँ भाडा तिरेर भरियाबाट सामान बोक्ने गरेकाले उपभोक्तालाई बढी मूल्य पर्ने गरेको देहिमाण्डौका व्यापारी मोहनबहादुर क्षेत्रीले बताए।
एक दशकअघि उद्योग वणिज्य संघ बैतडीले पुलको माग गर्दै १० हजार बैतडेलीको हस्ताक्षर संकलन गरेर नेपाल सरकार र भारतीय राजदुताबासमा ज्ञापनपत्र बुझाएको थियो। बैतडी आउने हरेक नेतृत्व तहका नेतालाई सीमा पुलको बारेमा गुनासो राखे पनि आश्वासन मात्रै पाइने गरेको स्थानीय बताउँछन्। ‘आश्वासन कैयौं पटक पाइयो, तर प्रक्रिया अघि बढेको छैन,’ गोठालापानीका होटल व्यवसायी बासुदेव भट्टले भने ‘पुल नभएकै कारण यहाँको व्यवसाय धराशायी बन्न थालेको छ।’
सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए जिल्लाको स्थानीय उत्पादनको बजार बिस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने स्थानीय बताउँछन्। झुलाघाटमा मोटरेबल पक्की पुल बने बैतडी भित्रिने पर्यटकको संख्या बृद्धिसँगै छिमेकी डडेल्धुरा, डोटी, दार्चुला, बझाङ लगायतका जिल्लाको पर्यटन विकासको मुख्य पूर्वाधार झुलाघाट पुल बन्न सक्ने स्थानीय बताउँछन्।