गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको क्वारेन्टिनसहितको आइसोलेसनमा चर्पी अभाव हुँदा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका गोरखाका २० जना शनिबार पनि आइसोलेसन पुग्न सकेनन्। नयाँ थपिएका २२ संक्रमित मध्ये दुई जना होम आइसोलेसनमा बसिसकेका छन् भने अन्य सबै घरमा पहिले जसरी नै छन्।
गोरखा नगरपालिका भित्रका २०, अजिरकोट गाउँपालिका र शहिदलखन गाउँपालिकाका एक/एक गरी २२ जनालाई शुक्रबार कोरोना पुष्टि भएको थियो। ‘आइसोलेसनमा बस्नुपर्नेहरुलाई आइतबारसम्म लैजान्छौँ, आइसोलेसनमा यसअघि बसिरहेकाको पिसिआर गरिसकेकाले सँगै राख्न मिलेन’ गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले भने। नगरपालिका भित्रकै संक्रमितलाई दुई दिनसम्म आइसोलेसन नलैजाँदा समुदायमा त्रास बढेको छ।
गोरखा अस्पतालले संचालन गरेको आइसोलेसनमा ६ वटा चर्पी बनिरहेकाले आइतबार आइसोलेसनमा बस्ने संक्रमितलाई लैजान सकिने अस्पतालका सूचना अधिकारी कृष्ण ढकाल बताउँछन्। ‘संक्रमित थोरै देखिएकाले पहिले शौचालय पुग्ने गरी बनाईएन, अहिले एकैपटक धेरै थपिँदा समस्या भयो, निर्माणको काम अन्तिम चरणमा पुगेको छ’ उनले भने। अहिले आइसोलेसन कक्षमा चारवटा शौचालय मात्रै संक्रमितले प्रयोग गर्ने गरेका छन्। आइसोलेसनमा रहेका एक संक्रमितले पानी, शौचालय, बस्ने, सुत्ने ठाउँ समूहमा प्रयोग गर्नुपर्दा समस्या भएको बताए।
गोरखा नगरपालिका १४ मा एकै घरको ८ जना होम क्वारेन्टिनमा बस्ने र अन्यलाई आइसोलेसन पठाउने तयारी भएको वडा अध्यक्ष हरि खनालले बताए। आइसोलेसनबाटै राख्ने ठाउँ ब्यवस्थित बन्न बाँकी रहेकाले खबर गरेपछि मात्रै ल्याउनु भनिएको हुँदा शुक्रबार संक्रमण पुष्टि भएकाहरु शनिबार पनि घरमै छन्।
नगरपालिकाका स्वास्थ्यकर्मी सबैलाई भेटेर आइसोलेसनमा नजाँदासम्म सुरक्षित भई होम आइसोलेसन बस्न अनुरोध गरेको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए। गोरखा क्याम्पसमा संचालित आइसोलेसन यसअघि स्थानीय तहहरुले मिलेर स्थापना गरेका थिए। त्यहाँ पूर्वाधार बिकासका सबै काम नहुँदा अहिले राम्रो सँग ब्यवस्थापन गर्न नसकिएको गुनासो गोरखा अस्पतालको छ।
संक्रमित थपिएसँगै गोरखा नगरपालिका क्षेत्र, अजिरकोट गाउँपालिका वडा नम्बर ३ भच्चेक बजार लगायतका ठाउँ भने शनिबारदेखि सिल भएका छन्।