शुक्रबार गोरखा नगरपालिका क्षेत्रमा एकै दिन २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सूचना जारी गर्दै शनिबार दिउँसो १२ बजेदेखि भदौ २६ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने बताए।
बजार, बित्तिय संस्था, सरकारी कार्यालय, यातायात सबै बन्द हुने र अत्यावश्यक सवारी साधन र खाद्यान्न पसल मात्रै सञ्चालन हुने नगरपालिकाले जनाएको छ। यसअघि भदौ १ देखि १४ सम्म गोरखा जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। १५ गतेबाट खुलेको निषेधाज्ञापछि एकाएक कोरोना संक्रमित बढ्न थालेपछि स्थानीयतहले संक्रमित भेटिएका ठाउँमा आफू अनुकुल निषेधाज्ञा लगाउँदै आएका छन्।
शुक्रबार अजिरकोट गाउँपालिकामा १ र शहिदलखन गाउँपालिकामा १ गरी जिल्लाभर २२ जना संक्रमित थपिएका थिए।