अवैध साँखुका काठसहित उदयपुर प्रहरीले दुईजनालाई पक्राउ गरेकाे छ। जिल्लाभित्रका बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अवैध चोरी निकासी नियन्त्रण गर्ने प्रहरी अभियानअन्तर्गत बिहीबार राति उदयपुरगढी गाउँपालिका ५ बाट अवैध काठ बोकेर अज्ञातस्थल तर्फ जादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ना ७ त ६४१२ नं. को ट्याक्टरमा राखेर माथिबाट त्रिपालले छोपेर अज्ञातस्थलतर्फ लाँदै गरेको अवस्थामा भेटेर ट्याक्टर, चालक र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। काठसहितको ट्याक्टरसँगै प्रहरीले उदयपुरगढी ५ कै ४२ वर्षीय पुष्कर भण्डारी र ट्याक्टर चालक सोही ठाउँका ३० वर्षीय अनिल रोक्कालाई नियन्त्रणमा लिएको छ।
पक्राउसँगै ट्याक्टरमा सखुवा जातको काठ ७.८ फिट लम्बाई तथा ४.३ फिट गोलाईका चिरान काठ १२ थान, ७.८ फिट लम्बाई र ४.१ फिट गोलाईका चिरान काठ ५० थान तथा अन्य बिभिन्न साईजका १२ थान पुराना गोलिया बरामद गरिएको छ। काठ तस्करी गरेर लादै गरेको भन्ने सुराकीका आधारमा उदयपुरगढी चौकीबाट खटेको प्रहरी टोली खटाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहाले बताए।
पक्राउ व्यक्ति, बरामद काठ र ट्याक्टर आवश्यक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय कटारीको जिम्मा लगाइएको एसपी दाहालले बताएका छन्। डिभिजन वन कटारीका प्रमुख (डिएफओ) उपेन्द्र पटेलले शुक्रबार साँझ मात्र प्रहरीद्वारा पक्राउ व्यक्ति, काठ र ट्याक्टर कटारी ल्याईपुर्याएको बताए। उनीहरुमाथि घट्नाकोे प्रकृति अनुसार कारबाही हुने दाहालले बताएका छन्।