अबिरल बर्षातपछि आएको पहिरोले ठूलो क्षति गरेको भन्दै वडा कार्यालयले ‘बाढी पहिरो पीडित राहत संकलन सहयोग समिति’ नै बनाएर सहयोगका लागि अपिल गरेको छ। वडा अध्यक्ष सनसिंह बुढामगरको संयोजकत्वमा गठन गरिएको समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै क्षतिको बिवरण समेत सार्वजनिक गरेको हो।
भदौं ३ र ४ गते परेको अबिरल वर्षाले रोल्पा नगरपालिका वडा नं ८ जंकोटमा ब्यक्तिगत घर जग्गा, खानेपानी, मोटरबाटोमा ठूलो क्षति पुगेको वडाको ठहर छ। ७ घर भत्केको, २४ घर उच्च जोखिममा रहेको, ४३ घर जोखिममा रहेको, ७९ घरको जग्गा र बाली बगाएको छ। विद्यालय, बर्थिङ सेन्टरमा समेत क्षति पुगेको छ।
संघीय, प्रदेश र स्थानीय सरकारका साथै सरोकारवाला सबैलाई सहयोगको अपिल गर्दै गरिएको पत्रकार भेटघाटमा जिल्ला स्तरीय राजनीतिक नेतृत्वलाई पनि सहभागी गराइएको थियो। बिहीबार पहिरो गएको गाउँमा अनुगमनका लागि पुगेका नगरप्रमुख पुर्ण केसिले ४० थान त्रिपाल दिईएको बताए।
केसिका अनुसार ‘त्यहाँ कसैलाई नयाँ घर बनाईदिनु पर्नेछ भने कतै बस्ती नै सार्नु पर्ने देखिएको छ। बाली नालि धेरै नास भएको छ। घर भत्केकाहरु र जोखिममा रहेकाहरु आफन्तकोमा बसिरहेका छन्।’ उनका अनुसार नगरपालिकाले सकेको सहयोग गर्ने छ।