पछिल्लो समय जनप्रतिनिधिहरुले दोहोरो सुबिधा भोग गरिरहेको गुनासो आउन थालेको छ। लामो समय निजामती वा शिक्षक सेवामा काम गरेर निबृत्त जीवनयापन गरिरहेका कतिपय पात्रहरु जनप्रतिनिधि बनिसकेपछि उनीहरुले पेन्सनसंगै अर्को सुबिधा पनि लिने गरेका हुन। राज्यले दोहोरो सुबिधा लिन नपाउने भने पनि जनप्रतिनिधिले नै नियम मिचेको भन्दै आक्रोस बाहिर आएको हो।
यतिबेला प्युठान नगरपालिका भित्रका ६ जना जनप्रतिनिधिले दोहोरो सुबिधा लिएको विषय चर्चामा आएको छ। नगर प्रमुख अर्जुनकुमार कक्षपती लगायत ७ जना जनप्रतिनिधिहरुले पेन्सन समेतको सुबिधा लिने गर्दछन्। नगरपालिका श्रोतका अनुसार मेयर कक्षपतीले भने अहिले सम्म जनप्रतिनिधि भए बापत पाउने कुनै सुबिधा लिएका छैनन्।
‘पहिलेका वर्ष जनप्रतिनिधिले लिएको सुबिधा बेरुजु देखिएको छ। त्यो असुल उपर गर्ने तयारीमा छौ।’ नगरप्रमुख कक्षपतीले भने ‘करिब दुई वर्षसम्म सुबिधा रोकिएको थियो। तर अहिले प्रदेश सरकारले पुनः सुबिधा दिने भन्ने निर्णय गरेको छ। सम्भवत साउनदेखिको सुबिधा दिन्छौ।’ तलब वा भत्ताका शिर्षकमा नभए पनि ईन्धन, पत्रपात्रिका र अन्य नाममा जनप्रतिनिधिहरुले मोटो रकम उपभोग गरेको नगरपालिकाका एक कर्मचारीले बताए।
पेन्सन बुझ्ने गरेका पूर्व कर्मचारी तथा हालका जनप्रतिनिधिले दोहोरो सुबिधा लिएको विषयमा प्युठान नगरपालिकाका लेखा प्रमुख अमरबहादुर जिसिले बेरुजु देखिएको बताउँछन्। ‘प्रदेशको नयाँ ऐन अनुसार अब देखि सुबिधा दिन मिल्ने भनेको छ तर पुरानोका बारेमा भने बेरुजु देखिएकाले त्यो असुलउपर गर्नै पर्ने हुन्छ।’ जिसिले भने ‘मेयर बाहेक अन्य ६ जनाले दोहोरो सुबिधा ल्याएको देखिएको छ।’
नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत यज्ञबहादुर बुढाले पहिलो वर्ष मात्रै दोहोरो सुबिधा गएको भन्दै बिचमा रोकिएको सुबिधा फेरी दिनु पर्ने अवस्था आएको बताए। ‘प्रदेश सरकारले सुबिधा दिने गरि लेखि पठाएको छ। गत साउन देखिको सुबिधा दिनु पर्ने देखिएको छ।’ समाजसेवाका नाममा राजनिति गर्छौ भन्नेहरुले दोहोरो सुबिधा लिन थाले पछि मतदाताहरु दिक्क बनेका छन्। त्यसो त प्युठान नगरपालिकामा मात्र नभएर यहाँका अन्य तीन स्थानीय तहमा समेत दोहोरो सुबिधा लिएको विषयमा गुनासो आउन थालेको छ।
स्थानीयका अनुसार प्युठान नगरपालिकामा कर्मचारीहरु पनि गतिलो गरि टिक्न नसकेको देखिन्छ। यहाँ अहिले सम्म ६ जना प्रमुख प्रसासकीय अधिकृतहरु फेरीएका छन्। जनप्रतिनिधि र कर्मचारी बिचमा आर्थिक लगायतका विषयमा तालमेल नमिलेपछि कर्मचारीहरु त्यती बस्न रुचाउने गर्दैनन्। एक स्थानीय सत्ता पक्षीय कार्यकर्ताका अनुसार कर्मचारी र जनप्रतिनिधिका बिचमा सम्बन्ध बिग्रीनुको मुख्य कारण आर्थिक चलखेल नमिलेर हो।