सशस्त्र प्रहरीले चालू आर्थिक वर्षभित्रै १ नं प्रदेशका सीमावर्ती २२ स्थानमा बोर्डर अब्जर्भेसन पोष्ट(बिओपी)स्थापना गरिसक्ने भएको छ।
बिओपी स्थापनाका क्रममा पूर्वी पहाडी जिल्ला प्रबेश गरेका शसस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी )बंशीराज दाहालले १ नं प्रदेशमा स्वीकृत सबै स्थानमा चालू आवभित्रै बिओपी स्थापना भईसक्ने बताए। ‘हामी चालू आर्थिक वर्षभित्रै प्रदेशभरीमा स्वीकृत केन्द्रहरुमा बिओपी स्थापना गरिसक्ने छौं’ताप्लेजुङ आई पुगेका दाहालले नागरिकसँग भने।
सशस्त्र प्रहरीको १ नं बाहिनी सुनसरीको पकलीमा रहेको छ। १ नं प्रदेशका १४ जिल्लामा रहेका सशस्त्र प्रहरीका सबै कार्यालय सोहि बाहिनी मातहत रहने छन्। ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ मौवाटारमा स्थापना हुने बिओपीका सन्दर्भमा डिआईजी दाहालले स्थानीय सरोकारवालासंग परामर्श समेत गरेका छन्। दाहालका अनुसार मौवाटारमा असोज महिनाभित्र बिओपी स्थापना भईसक्ने छ।
मौवाटारमा बिओपी केन्द्र राख्न चाहिने तात्कालिक संरचनाका लागि त्यहाँको भौगोलिक बनावट सहितका बारेमा यसअघि सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति रबिन्द्र श्रेष्ठसहित प्राविधिक टोलीले स्थलगत अवलोकन गरिसकेको छ। डिआईजी दाहालका अनुसार १ नं प्रदेशमा स्वीकृत २२ स्थानमध्ये अहिले सम्म ४ स्थानमा बिओपी स्थापना भईसकेको छ । पाँचथरको याङ्वरक गाउँपालिका स्थित चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिका स्थित भैंसे सुर्केथाम तथा इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिका स्थित सलकपुरमा बिओपी स्थापना भईसकेको छ।
चालू आवभित्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित मौवाटार, पाँचथरको फालेलुङ गाउँपालिकास्थित चारराते र गोरुवाले भञ्ज्याङ, इलामको सन्दकपुर गाउँपालिकास्थित कालपोखरी तथा जौवारी, सूर्योदय नगरपालिकाको छब्बिसे र माने भञ्ज्याङमा बिओपी स्थापना हुनेछन्। यस्तै झापाको कचनकवल गाउँपालिकाको पाठामारी, झापा गाउँपालिकाको पन्थपाडा, मेचीनगर नगरपालिकाको तिरीङ र नकलबन्दा र ज्यामिर गढी, गौरीगञ्ज गाउँपालिकाको आमगाछी, भद्रपुर नगरपालिकाको छोटी भन्सार कार्यालय र महेशपुर किच्चकवधमा बिओपी स्थापना हुने छ।
यस्तै मोरङको सुनबर्षी नगरपालिकाको सिक्टी, जहदा गाउँपालिकाको मधुमल्ला र सुनसरीको भोक्राहा गाउँपालिकाको बिओपिउल्टीमा समेत चालू वर्षभित्रै बिओपी स्थापना भई सक्ने छ। ताप्लेजुङ आई पुगेका बखत डिआईजी दाहालले बारबार आगलागीका समस्याले ग्रसित फुङ्लिङ बजारमा थप आगलाीगको जोखिम हुन नदिन के उपाय हुन सक्छन् भनेर सरोकारवालासंग सुझाव समेत मागेका छन्।
जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँई र ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले यहाँको विपद्का प्रकृति र न्यूनीकरणका उपाय बारे आ–आफ्नो धारणा समेत राखेका थिए।