बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाले बगाउँदा बेपत्ता भएका व्यक्ति फेला परेका छैनन्। शुक्रबार बिहानैदेखि बेपत्ता भएका व्यक्तिको खोजीका लागि प्रहरी खटिएपनि कसैलाई फेला पार्न नसकेको प्रहरीले बताएको छ। प्रहरी निरीक्षकको कमाण्डमा १५ जनाको टोली खोजीमा खटिएको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। ती मध्ये सातजनाको मात्र सनाखत भएको छ। सनाखत भएका ७ जनाको शव आफन्तले बुझेर लगेका छन्। बाढीले बगाउँदा ३८ जना अझै बेपत्ता छन्। उनीहरुको खोजी भईरहेको प्रहरीले बताएको छ।
बागलुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार एकैघरका चारजनाको परिवार नै पहिरोमा बगेका छन्। उनका अनुसार बागलुङको पहिरोमा परेर बगेका व्यक्तिको शव गुल्मीमा फेला परेका छन्। भुजीखोलाको पानी बडिगाडमा मिसिँदा शव पनि बग्दै गुल्मी पुगेको उनले बताए। ‘१५जना सुरक्षाकर्मीको टोली शुक्रबार बिहानैदेखि हराएका व्यक्तिको खोजीका लागि खोलाकिनारमा हिडिरहेको छ। तर, कोही पनि फेला परेका छैनन,’ डिएसपी रेग्मीले भने।
उनका अनुसार गुल्मीमा फेला परेका शव पनि चिन्नै नसकिने गरि क्षतविक्षत अवस्थामा थिए। ‘चारजनाको शव गुल्मीमा फेला परेको हो। तर, ती मृतकको पहिचानमा पनि समस्या छ,’ उनले भने, ‘कसैको टाउँको त केहीको हातखुट्टा फेला परेका छन्। खोलाले बगाउँदै जाँदा मान्छेका शरीर पनि क्षतविक्षत हुन पुगे।’
बाढीले ढोरपाटन नगरपालिकाको ५ देख ९ वडासम्म भुजीखोला किनारका घर बगाएको थियो। बुधबार राती आएको पहिरोसहितको बाढीले घर बगाउँदा मस्त निन्द्रामा रहेका गाउँले भेलबाढीसँगै बगेका थिए। ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलका अनुसार मानवीय बाहेक भौतिक क्षति पनि ठूलो आकारमा भएको छ। खोला किनारका १३० घर बगेका छन्। ११ वटा लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ। भुजीखोलामाथिका पाँचवटा पक्कि पुल, १० वटा काठेपुल, ३ वटा झोलुंगे पुल पनि बगेका छन्। दुईवटा स्कुलमा पनि क्षति भएको छ।
त्यसबाहेक ढोरपाटनलाई रुपन्देहीको सालझण्डी जोड्ने सडकको करिब २० किलोमिटर खण्ड पुर्णरुपमा क्षति भएको छ। ढोरपाटन नगरपालिकाभित्र मात्र यो सडकको ३८ किलोमिटर दूरी भएपनि २० किलोमिटरमा क्षति पुगेको पोखरेलले बताए। यो सडकमा दोहोरो सवारी चल्ने गर्दथे। दशकअघि नै ढोरपाटनसम्मको ट्रयाक खोलेर यहाँ मोटर चल्ने गरेका थिए।
यसैबीच बाढीको निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापासहितको टोली शुक्रबार दिउँसो ढोरपाटन गएको छ। बिहीबार नै ढोरपाटनका लागि सेनाको हेलिकप्टरमा उडेका थापा मौसम खराबीका कारण बाटोबाट फर्किएका थिए। गृहमन्त्री थापा, सांसद देवेन्द्र पौडेल लगायतको टोली पुनः राहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन गएको हो। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत थापाले लगेका छन्।