गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापन नियमावली २०७७ स्वीकृत गरेको छ । गण्डकी प्रदेश सरकारको १५ औं मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको हो । नियमावलीमा विपद् व्यवस्थापन परिषदको व्यवस्था गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
प्रदेश स्तरिय कार्यकारी अधिकारसहितको परिषद प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाको अध्यक्षतामा २३ सदस्यीय हुन्छ । मन्त्री परिषद बैठकले प्रदेशमा वितरण गरिने सबै राहत अबदेखि परिषदमार्फत नै गर्ने निर्णय प्रवक्ता बस्नेतले जानकारी दिए ।
परिषदको कार्यविधीमा बाढी, पहिरो, भूकम्प, वा अन्य कुनै प्राकृतिक प्रकोपका कारण कुनैपनि व्यक्तिको मृत्यु भएमा वा बेपत्ता भएमा ५०/५० हजारका दरले राहत दिइने उल्लेख छ । त्यस्तै, प्राकृतिक विपद्मा परेर खान, लाउनसमेत समस्या भएका परिवारलाई १५ हजारका दरले थप रकम दिने व्यवस्था रहेको मन्त्री बस्नेतले जानकारी दिए ।
सरकारले प्राकृतिक प्रकोप बाढी वा पहिरोले घर बगाएर बस्नै नमिल्ने अवस्थाका परिवारलाई थप २५ हजार दिने व्यवस्था गरेको छ । यसैगरी, बैठकले प्राकृतिक प्रकोपले आफू बसेको ठाउँ बगायो वा जोखिम भएर अन्यत्र सर्नुपर्ने अवस्था भएमा त्यस्ता परिवारलाई विपद व्यवस्थापन कोषबाट १ लाख दिने व्यवस्था गरेको मन्त्री बस्नेतले बताए ।
सरकारले प्राकृतिक प्रकोपमा परेर घाईते भएकालाई अवस्था अनुसार उपचारका लागि ५० हजारसम्म दिने निर्णय गरेको छ । तर नेपाल सरकारबाट लिएको भए त्यस्तालाई भने नदिने कार्यविधि बनाएको मन्त्री बस्नेतले जानकारी दिए ।
प्रदेश सरकारले अनुदान व्यवस्थित गर्न एकीकृत कार्यविधि बनाउने भएको छ । यसअघि बजेट आइसकेपछि मन्त्रालयहरु आ–आफैले कार्यविधि बनाउने गरेपनि अबदेखि आर्थिक मामिला तथा योजना मन्त्रालयले एकीकृत कार्यविधि बनाउने र सो अनुसार सबै मन्त्रालयले अनुदान वितरण गर्ने निर्णय गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।
प्रदेश सरकारले कानून मस्यौदा समितिको रुपमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलाई पनि राख्ने निर्णय गरेको छ । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कानून मस्यौदा समितिको सदस्य थिएनन् ।
सरकारले घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत ८ जना करारका कर्मचारीको म्याद थपेको छ भने ताल संरक्षण तथा विकास प्राधिकरणमा अन्य ८ जना कर्मचारी थप्ने निर्णय गरेको छ । यसअघि ताल संरक्षण तथा विकास प्राधिकरणको कार्यकारी निर्देशक मात्रै नियुक्त गरिएको थियो ।
साथै सरकारले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान नियमावली २०७७ पनि स्वीकृत गरेको मन्त्री बस्नेतले जानकारी दिए ।