बुटवलमा बुधबार उपचारकै क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। बुटवलको सिद्धबाबा अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएकी बुटवल ७ की ४५ वर्षे महिलामा कोरोना संक्रमण पुष्टि भएको बुटवल उपमहानगरनगरपालिकाको स्वास्थ्य शाखा अधिकृत गीतादेवि पाण्डेले बताइन्।
चार दिनदेखि लगातार ज्वरो आएपछि बुधबार उपचारका लागि ती महिला सिद्धबाबा अस्पताल आएकी थिइन्। कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि चिकित्सककै सल्लाहमा उनको स्वाब टेष्ट गरिएको थियो। बिहीबार स्वाबको रिपोर्ट पोजेटिभ आएको हो।
ज्वरोसंगै स्वासप्रश्वासमा समेत समस्या देखिएकी ती महिलाको बुधबार नै मृत्यु भएको अस्पतालले जनाएको छ। ती महिलाको रिपोर्ट कोरोना पोजेटिभ देखिएपछि उपचारमा संलग्न २ जना स्वास्थ्यकर्मी होम आइसोलेसनमा छन्। अस्पतालको आकस्मिक कक्ष बन्द गरी निर्मलीकरण गर्ने अस्पतालले जनाएको छ।