अख्तिया दुरुपयोग अनुसन्धान आयोग बुटवलले रुपन्देहीको रोहिणी गाउँपालिकाका एक जना वडाध्यक्षलाई घुससहित पक्राउ गरेको छ। रोहीणी २ का वडाध्यक्ष सरोजकुमार पाण्डेयलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
वडाध्यक्ष पाण्डेले सेवाग्राहीलाई सहकारीबाट अनुदान रकम उपलब्ध गराउन सहजीकरण गरीदिने भन्दै ४५ हजार रुपैयाँ घुस मागेका थिए। सो रकममध्ये उनले २० हजार लिइसकेको भुसालले बताए। रकम लिइएको प्रमाणकै आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुशन्धान सुरु गरिएको उनले बताए।
पाण्डेयलाई रोहिणी गाँउपालिका वडा नं. २ को कार्यालय परिषरबाटै नियन्त्रणमा लिइएको भुसालले बताए।