बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको भीषण बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता छन्। बुधबार राती साढे ११ बजेतिर आएको भीषण बाढीले खोलाको तटीय क्षेत्रका घर बगाएको थियो।
बागलुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार अहिलेसम्म १२ जनाको शव फेला परेको छ। ती मध्ये एकजना महिला २६ वर्षीया केशमाया विकको मात्र सनाखत भएको छ। अन्य ४१ जना स्थानीय हराएको उनले बताए। ‘अहिलेसम्मको विवरण अनुसार १२ जनाको शव फेला परेको छ भने ४१ जना हराएका छन,’ उनले भने, ‘क्षतिको संख्या बढ्ने अनुमान छ।’
डिएसपी रेग्मीका अनुसार बाढीमा परेका चारजनाको घाइते अवस्थामा उद्धार गरेर उपचारार्थ पठाइएको छ। गाउँलेका ३१ वटा घर पूर्ण रुपमा बाढीमा बगेका छन्। दुईवटा स्कुल, लघुजलविद्युतसहित सवारी साधन पनि बाढीमा बगेका छन्। भुजीखोला चौथो, पाँचौ, छैठौ र सातौ लघुजलविद्युतसहित सरस्वती आधारभूत र जनचेतना प्राविका भवन पनि बाढीले बगाएको स्थानीयले बताएका छन्।
घरमा सुतिरहेको बेला एकाएक खोलाले सोहोरेर लगेको स्थानीयले बताएका छन्। घटनास्थलमा अहिले प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयबासीले बेपत्ताको खोजी गरिरहेको रेग्मीले बताए। ‘खोलामा ठूलो बाढी आएकोले पनि बिहान उद्धारमा पुग्न केही कठिनाई भयो,’ रेग्मीले भने, ‘खोलाको बहाव बढी भएकोले खोजीमा सहज छैन।’ ढोरपाटन नगरपालिकाको ५,६,७, ८ र ९ नम्बरमा बाढीले बढि क्षति पुर्याएको उनले बताए। डिएसपी रेग्मीका अनुसार ८ र ९ नम्बरमा अझ बढी क्षति छ। उनका अनुसार यो खोला बगेर तल आउदा बडिगाढमा मिसिन्छ।
घटना भएको थाहा पाएलगत्तै घटनास्थलको सबैभन्दा नजिकको बुर्तिबाङबाट विहान प्रहरीको टोली घटनास्थल पुगेको थियो। तर, पनि बाटोमा पहिरो र खोलामा बहाव बढी भएकोले उद्धारमा खटिन समस्या भएको उनले बताए। ‘बागलुङको पहिरोमा बगेका व्यक्ति गुल्मीमा फेला परेको समेत सूचना आएको छ। तर, अझै पुरै विवरण आईसकेको छैन,’ डिएसपी रेग्मीले भने । उनका अनुसार राती ११ बजेतिर त्यो क्षेत्रमा भीषण वर्षा भएको थियो। खोलाको सिरान क्षेत्रमा ११ बजे भीषण वर्षा भएपछि तल्लो तटीय क्षेत्रमा क्षति हुँदा राती एक बजिसकेको थियो।
घटनास्थलमा पुगेका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार बाढीले खोलाकिनारका घर पुर्ण रुपमा बगाएको छ। ‘भीषण बाढीले खोला किनारमा रहेका घर पुर्ण रुपमा बगाएको छ। हराएका स्थानीयलाई भेटाउन उत्ति सहज छैन,’ न्यौपानेले भने, ‘बस्तीमा क्षति पुगेको छ।’ उनका अनुसार खोला किनारको करिब ५० मिटर दुरीमा घर थिए। खोलाले एकसय मिटर दूरीका दायँबायाँका घर बगाएको उनले बताए। ‘अहिलेसम्म यति ठूलो बाढी यो क्षेत्रमा आएको जानकारी कसैलाई थिएन। भीषण बाढीले एकैनिमेषमा खोला किनारको बस्ती सोहो¥यो’ उनले भने, ‘रातीको समय भएकोले पनि स्थानीय बाहिर निस्कन सकेनन्। त्यसले गर्दा बढी क्षति भयो।’
स्थानीय जीवन घर्तीमगरका अनुसार घटनास्थल सदरमुकाम बागलुङदेखि १३० किलोमिटर पश्चिममा पर्छ। बाढीले क्षति पुर्याएको ठाउँ बागलुङको ढोरपाटनदेखि रुपन्देहीको सालझन्डी जोड्ने मोटरबाटोको खण्ड हो। यसैबीच बागलुङको बाढीको क्षति स्थलगत अवलोकनका लागि काठमाडौंबाट आएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिक पुगेपनि मौसम खराबीले पोखरा फर्केको थियो। मौसम खराबीले घटनास्थल पुगेर पनि हेलिकप्टर अवतरण हुन नसकेपछि फर्केको प्रहरीले बताएको छ।
पोखरा विमास्थलका अनुसार स्याङजाको आकाश हुँदै सेनाको हेलिप्कटरमा गएका गृहमन्त्री मौसम खराबीले फर्केर केहीबेर पोखरा विमानस्थलमा बसेका थिए। अहिले गृहमन्त्री सवार हेलिकप्टर काठमाडौं फर्केको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...