३३ को ज्यान लिएको लिदी पहिरो पीडितलाई स्थानान्तरण गरिने भएको छ। जुगल गाउँपालिका–१ सेलाङस्थित बाँसखर्कमा पीडित परिवारलाई स्थानान्तरण गर्न लागिएको हो।
सामुदायिक वनको जग्गामा टेन्ट र त्रिपालको अस्थायी शिविर बनाएर पीडितलाई राखिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकालले बताए। ‘लिदी गाउँ पहिरोको जोखिममा रहेकाले तत्काललाई अस्थायी रुपमा स्थानान्तरण गर्न लागिएको हो,’ उनले नागरिकसँग भने। उनका अनुसार अस्थायी शिविर बनाउने काम आइतबार थालिसकिएको छ।
शिविर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ। शिविरमा विद्युत, खानेपानी, शौचालयसमेतको व्यवस्था गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। सम्बन्धित कार्यालय, रेडक्रस र संघसस्थालाई यसको जिम्मेवारी दिइएको समितिका संयोजकसमेत रहेका प्रजिअ ढकालले जनाए।
गत साउन ३० गते जुगल–२ गोल्चे लिदीमा बस्तीमाथिबाट खसेको पहिरोले ३७ घर पुर्दा ३९ स्थानीयलाई बेपत्ता बनाएको थियो। बेपत्तामध्ये आइतबारसम्म ३३ को शव भेटिएको छ। पहिरोमा अझै ६ हराइरहेका छन्। पहिरोले २७ घर नामेट बनाएको थियो।
पहिरोपछि एक सय ७२ घरधुरीको लिदी गाउँ जोखिममा परेको छ। पहिरोपछि पीडितले आफूहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए। बस्तीका सबै एक सय २१ पीडित परिवारलाई तत्कालका लागि अस्थायी रुपमा स्थानान्तरण गरिने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। विपद् व्यवस्थापन समितिले शिविर बनाउन आवश्यक पर्ने टेन्ट, त्रिपाल, अस्थायी शौचालय र खानेपानीका सामाग्री बाँसखर्कमा पठाइ सकिएको जनाएको छ।
यसअघि जिल्लाबाट तीनवटै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसहित बसेको विपद् व्यवस्थापन समितिको बैठककले लिदी पहिरो पीडितलाई तत्काल सुरक्षित स्थलमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो। बैठकले जिल्ला समन्वय समिति प्रमुख गोपाल तामाङको संयोजकत्वमा बस्ती स्थानान्तरण तथा जग्गा व्यवस्थापन समिति गठन गरेको थियो। योसमितिले नै बाँसखर्क क्षेत्रको सामुदायिक बनको खाली जग्गा छनोट गरेको थियो।
पहिरो पीडितलाई तत्कालका लागि अस्थायी शिविरमा राखिने भए पनि स्थायी रुपमै स्थानान्तरणको पहल भइरहेको प्रजिअ ढकालले जनाए। उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै पीडितलाई एकीकृत बस्ती बसालेर राख्न चासो दिएको छ। ‘प्राधिकरणको चासोपछि ऊसहित संघ, प्रदेश सरकार र सरोकोरवाला निकायसँग छलफल अघि बढाएका छौँ,’ ढकालले भने।
२०७२ वैशाख १२ को भूकम्पपछि लिदीका झण्डै दुई दर्जन परिवार बिस्थापित भएर लामो समय सेलाङमै बसेका थिए। अनुदान किस्ता पाउन थालेपछि उनीहरुलाई गाउँमै फर्काइएको थियो। भूकम्पले बस्ती जोखिममा परेको भन्दै उनीहरु बाँसखर्क आइपुगेका थिए। पुनर्निर्माण प्राधिकरणले भूकम्प लगत्तै लिदी गाउँको जोखिमबारे अध्ययनसमेत गरेको थियो। प्राधिकरणले यो बस्तीलाई पहेँलो क्षेत्र (संरक्षणपछि बस्ती बसाल्न सकिने) को रुपमा पहिचान गरेको थियो।
तर स्थानीयले पुनर्निर्माण थाल्नुअघि संरक्षणको काम गर्न कसैले चासो दिएन। बाँसखर्कबाट पर्काइएको परिवारका सदस्यले समेत पहिरोमा ज्यान गुमाएका छन्।