लिदी पहिरो: मृतक ३३ पुगे
०७ भदौ २०७७
•
१ मिनेट पाठ
लिदी पहिरो: मृतक ३३ पुगे
१० दिन अघिको लिदी पहिरोमा परेर मृत्यु हुनेको संख्या ३३ पुगेको छ। पहिरोमा बेपत्ता एक बृद्धा आइतबार मृत भेटिएपछि ज्यान गुमाउनेको संख्या बढेको हो।  




७५ वर्षीया वाङ्चील्हामो दोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। उनी एकल महिला थिइन्। शनिबार ३३ वर्षीया सानुकान्छी दोङ र चार वर्षीया बालिका करिशमाइ दोङको शव फेला परेको थियो। योसमेत लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ।  

प्रहरीका अनुसार पहिरोमा ११ बालक, ६ बालिका, पाँच पुरुष र ११ महिलाले ज्यान गुमाएका छन्। पहिरोमा अझै ६ हराइरहेको डिएसपी काफ्लेले जानकारी दिए। उनका अनुसार स्थानीय सोमरानी दोङ, साइली दोङ, प्रिया दोङ, प्रकाश दोङ, आयुष दोङ र सुवास दोङ पहिरोमा हराइरहेका हुन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका झण्डै ५० जनाको सुरक्षाकर्मी टोली बेपत्ताको खोजीमा परिचालित छ। खोजीमा स्थानीयले समेत सघाइ रहेका छन्।  

बेपत्ताको खोजी गर्न घटनास्थलमा एक्साकाभेटर लैजाने प्रयास गरे पनि सफल हुन नसकेको डिएसपी काफ्ले बताए। साताअघि लिदी हिँडेको एस्काभेटर घटनास्थल नजिकै पुगेर पहिरोमा रोखिएको छ। गत असार ३० गते जुगल गाउँपालिका–२ गोल्चे लिदीमा बस्तीमाथिबाट पहिरो खस्दा ३७ घर पुरेको थियो।  

पहिरोमा घरसँगै ३९ बेपत्ता भएका थिए। बेपत्तामध्येकै ३३ मृत फेला परेका हुन्। पहिरोमा २९ घर नामेट भएका थिए। ६ स्थानीय गम्भिर घाइते भएका थिए। उपचारपछि घाइते निको भएर घर फर्किसकेको प्रहरीले जनाएको छ।
अर्को समाचार
लिदी पहिरो : थप पाँच शव भेटियो, मृतक १६ पुगे
३१ साउन २०७७
•
१ मिनेट पाठ
लिदी पहिरो : थप पाँच शव भेटियो, मृतक १६ पुगे
लिदी पहिरोमा शनिबार थप पाँच शव फेला परेको छ । योसमेत लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । पहिरोमा अझै २३ हराइरहेका छन् ।  




पहिरोमा बेपत्ताको खोजीमा जुटिरहेका सुरक्षाकर्मी टोलीले चार बालबालिकासहित थप पाँच शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुको सनाखतसमेत भइसेको उनले जानकारी दिए ।  

स्थानीय माइलापराङ दोङ (१६), च्यामा दोङ (११), बिमला दोङ (७) सात महिने कबीर दोङ र मेकमाइ दोङ (३७) को शब पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । जुगल गाउँपालिका–२, गोल्चे लिदीमा शुक्रबार बिहान पहिरो खस्दा ३७ घर पुरेको थियो । घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए । शुक्रबार ११ शव फेला परेका थिए । सनाखतपछि ती शवको शनिबार अन्तिम संस्कारसमेत सकिएको छ ।  

थप फेला परेका शबको सनाखत भएकाले सम्बन्धित परिवारलाई जिम्मा लगाउने प्रक्रिया सुरु भएको डिएसपी काफ्लेले जानकारी दिए । शनिबारै गम्भिर घाइते दावाग्याल्वो दोङलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएको छ । यसअघिको उद्धारको क्रममा उनी छुटेका थिए । योसमेत गम्भिर घाइतेको संख्या ६ पुगेको छ । चारको चौतारा र एकको राजधानीको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  

पहिरोमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली बेपत्ताको खोजीमा जुटेको छ । पहिरोमा धेरै बालबालिका परेको देखिन्छ । फेला परेका शवमध्ये ११ बालबालिकाका छन् । तीन महिला र दुई पुरुषको शव भेटिएको हो । 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस