कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल अन्र्तगतको गण्डक बहुअरीस्थित अस्थायी कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयर अस्पतालमा भर्ना रहेका दुई जना थुनुवा त्यहाँबाट भागेका छन्। दुई तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरु फरार भएका हुनसक्ने आँकलन गरिएको छ। राति २ बजे समयतालिका अनुसार बिरामी हेर्न गएका स्वास्थ्यकर्मीले २ जना त्यहाँ नरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
‘सार्वजनिक अपराधका थुनुवा हुन, उनीहरुको मुद्दा टुँग्याउन फाइल पनि सुनुवाईमा पठाइसकिएको छ, राति भागेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने, ‘हामीले खोजतलास गरिरहेका छौं, उनीहरुका घर परिवारले पनि आउने बितिकै खबर गर्छु भनेका छन्, कुनै ठूलो मुद्दा पनि होइन। चाँडै आइ हाल्छन्, भन्ने आशा छ हामीलाई।’
संक्रमित भई उपचारको क्रममा भर्ना रहदा अस्पतालबाट भागेका एक जना वीरगंज १६ नगवाका १९ वर्षीय छोटु तिवारी र अर्का सर्लाहीको लालबन्दी नगरपालिका ३ घर भई वीरगन्ज ५ रामटोलमा बस्दै आएका २० वर्षीय राम माझी रहेका छन्। वडा प्रहरी कार्यालय विर्ताका थुनुवा रहेका उनीहरुमा कोरोना पुष्टि भएपछि वीरगन्जको आदर्शनगरमा रहेको राणीसती धर्मशालामा आइसोलेट गरिको थियो। स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा पठाइएको थियो।