कोहलपुर सरकारी जग्गा प्रकरणः विज्ञ टोलीले अनुसन्धान गर्दै
०७ भदौ २०७७
•
३ मिनेट पाठ
कोहलपुर सरकारी जग्गा प्रकरणः विज्ञ टोलीले अनुसन्धान गर्दै
फाइल फोटोः कोहलपुर नगरपालिका वडा–४ स्थित विवादास्पद जग्गा ।
बाँकेको कोहलपुरमा नक्कली सुकुम्बासी बनेर सार्वजनिक जग्गा वितरण गरेको प्रकरणको बारेमा विज्ञ टोलीले अनुसन्धान गर्ने भएको छ। अवैध ढंगले कोहलपुरको अर्बौ पर्ने सार्वजनिक जग्गा गैरसुकुम्बासीले नामसारी गर्ने प्रयास गरेको प्रकरण एक महिना अघि सार्वजनिक भएको थियो।  




जग्गा प्रकरणको बारेमा अख्तियारले अनुसन्धान गरिरहेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल(सम्पर्क कार्यालय नेपालगन्ज)ले जग्गा प्रकरणबारे प्रारम्भिक चरणको अनुसन्धान गरिसकेको छ। अनुसन्धानमा थप विज्ञ समूहको आवश्यकता देखिएकाले केन्द्रमा पठाएको बताउँछन् अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल(सम्पर्क कार्यालय नेपालगन्ज) प्रमुख गणेश गैरे। उनले भने, ‘हामीले प्रारम्भिक अनुसन्धान गरेर केन्द्रमा बुझाएका छौं। सो सम्बन्धमा विस्तृत अनुसन्धान भैरहेको छ। विषय विज्ञ टोलीले अध्ययन गरी दिएको प्रतिवेदनका आधारमा कारबाहीको बारेमा टुङगो लाग्नेछ।’

प्रमुख गैरेले अनुसन्धान चरणवद्ध हुने भएकाले अहिले नै उक्त विषयमा स्पष्ट भन्न नसकिने बताए।  

कोहलपुर नगरपालिकाको वडा ४ मा एक अर्ब भन्दा बढी मूल्य पर्ने करिब ६ बिगाहा सरकारी जग्गा २०६९ सालमा तत्कालीन सुकुम्वासी समस्या समाधान आयोग, बाँकेले ४१ जना नक्कली सुकुम्वासी खडा गरेर कित्ता नम्बर ६६, ६७, ६८, ६९ को अवैध रुपले लालपूर्जा वितरण गरेको थियो। पूर्वपश्चिम राजमार्गबाट दक्षिणमा होटल सेन्टर प्लाजा, उत्तरमा किरण खोला, पश्चिममा वडा ४ को कार्यालय र पूर्वमा खाली रहेको उक्त जग्गा भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले कोहलपुर नगरपालिका वडा ४ कार्यालयलाई पत्र लेखेर ४१ जनाको नाम उल्लेख गरि जग्गाको  मालपोत रकम असुली गर्न भन्दै पत्र लेखेपछि वास्तविकता बाहिर आएको थियो।  

एक्कासी मालपोत रकम असुली गर्न पत्र आएको खुलेपछि स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणबाट सरकारी जग्गाको सोधीखोजी थालिएको थियो।

तत्कालीन सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष सन्तोष बस्नेतले नक्कली सुकुम्बासी खडा गरी लालपूर्जा वितरण गरेर उक्त जग्गाको श्रेस्ता अवैध बाटोबाट जिम्मा लगाउन खोजेको आरोप स्थानीयले लगाएका छन्। उनीहरुले उल्लेखित जग्गा विभिन्न प्रपञ्च रचेर बाँड्न खोजिएकाले तत्कालीन आयोगको निर्णय कार्यान्वयन गर्न नहुने माग गरेका छन्।  

नक्कली पूर्जा वितरणमा तत्कालीन मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतो भएको स्थानीय जनप्रतिनिधिको दावी छ। सरकारी जग्गाको नक्कली लालपूर्जा पाउने भनि प्रकाशमा आएका ४१ जना ब्यक्ति जग्गा, जमिन र सम्पत्ति भएका ब्यक्ति हुन्। उनीहरु अधिकांश राजनीतिक दल र विभिन्न पेशा, ब्यवसायसँग जोडिएका स्थानीय परिचित हुन्। केहीले आफ्नो नामको साटो परिवार सदस्यका नाममा लिने जुक्ति अपनाएको पाइएको छ। यसरी सुकुम्बासीका नाममा सरकारी जग्गा लिन खोज्नेमा केही पत्रकारिता पेशामा आबद्ध छन्।  

भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले सरकारी जग्गाको विषयमा छानबिन भएको बताए। ‘२०६९ सालमा सुकुम्बासी समस्या समाधान आयोगले वितरण गरेको पूर्जा हो, हामीकहाँ जग्गाको श्रेस्ता बुझाइएको रहेछ, तर श्रेस्ता कार्यान्वयन हुन नपाउँदै यो कुरा बाहिर आयो,’दौल्यालले भने।  

आयोगले वितरण गरेको नक्कली लालपूर्जाको श्रेस्तामा निःशुल्क उल्लेख रहेको बताइएको छ। सम्बन्धितका अनुसार, जग्गाका विषयमा खबरहरु प्रकाशित भएपछि मालपोत नलिन वडा कार्यालयलाई मालपोत कार्यालय, बाँकेबाट पत्र पठाइएको थियो। त्यस अतिरिक्त बाँके प्रशासनले पनि जग्गाको नामसारी कार्य नगर्न सम्बन्धित तहलाई निर्देशन दिएको बुझिएको छ।

आयोगले प्रतिव्यक्ति १० धुरदेखि ५ कठ्ठासम्मको जग्गा वितरणको लिष्ट बनाएको देखिएको छ। कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पछाडीेको उक्त जग्गाको चलन चल्ती मूल्य एक अर्ब बढी हुने स्थानीय बताउँछन्।  

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले सुकुम्बासीको नाममा सरकारी जग्गाको लालपूर्जा लिने र दिने व्यक्ति कारबाहीको दायरामा आउने बताए। कोहलपुरका स्थानीयले पनि जग्गा फिर्ता लिनका लागि नगरपालिकालाई दबाव दिँदै आएका छन्।  

स्थानीय जनताले नगरपालिका मेयर लुटबहादुर रावतलाई ध्यानाकर्षण पत्र बुझाउदै जग्गा नगरपालिकाले आफ्नो स्वामित्वमा लिन आग्रह गरिरहेका छन्। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस